| मङ्लबार, कार्तिक २४, २०८३

सुरक्षाकर्मीले प्रयोग गर्दै आएको पोशाक र दज्र्यानी चिन्ह प्रयोग नगर्न आग्रह

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रचलित कानून बमोजिम प्रयोग गर्दै आएको पोशाक र दज्र्यानी चिन्हसँग मिल्दोजुल्दो हुने गरि पोशाक र दज्र्यानी चिन्ह प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

बिभिन्न सरकारी तथा गैर सरकारी र निजी सुरक्षा संघ/संस्थाहरुका सुरक्षा गार्डहरुले समेत मिल्दोजुल्दो पोशाक र दज्र्यानी चिन्ह प्रयोग गर्ने गरेको पाइएको भन्दै यस्ता कार्य नगर्न प्रशासनले आग्रह गरेको हो ।

वुधवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले मिल्दोजुल्दो पोशाक र दज्र्यानी चिन्ह प्रयोग गर्दा द्धिविधा साथै भ्रम उत्पन्न भई कतिपय अवस्थामा अपराधिक क्रियाकलाप तथा अप्रिय घटनाहरु घट्न सक्ने प्रशासनले जनाएको छ ।

यसले जिल्लाको शान्ति सुरक्षा कायम गर्न समेत वाधा पु¥याउने प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । सूचनाको वेवास्ता गर्दै यदी कोही कसैले प्रयोग गरेको पाइएमा कानून अनुसार कडा कारवाही हुने उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्