| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखामा हिमपात, जनजीवन प्रभावित

तल्लोभेगमा अबिरल बर्षा भएको गोरखाको हिमाली भेगमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिका १ साम्दोमा शुक्रबारदेखि हिमपात भएको त्यहाँस्थित बोर्डर आउटपोस्ट(बिओपी)का प्रमुख विश्व त्रिपाठीले जानकारी दिए ।


‘कतै आधाफिट, कतै एकफिट हिउँ परिसकेको छ’, उनले भने, ‘जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । घरबाहिर कोही निस्केका छैनन् । सुनसान जस्तै बनेको छ ।’ लार्केपास गर्ने पदमार्ग हिउँले ढाकेपछि बिओपी कार्यालयका सशस्त्र प्रहरी हिउँ पन्छ्याएर बाटो बनाउन खटिएका उनले बताए ।


मनास्लु क्षेत्रमा पर्ने साम्दो समुद्री सतहदेखि ३८७७ मिटर(१२,७१३ फिट) उचाइमा रहेको गाउँ हो । यो सिजनमा विदेशी पर्यटकहरु साम्दो हुँदै हिउँ लार्केपास गर्ने गर्दछन् । हिमपात भएपनि पर्यटकहरु भने सुरक्षित छन् । उनीहरु रमाउँदै तस्वीर लिइरहेको बिओपी साम्दोका प्रमुख इन्स्पेक्टर त्रिपाठीको भनाइ छ ।


हिउँपर्ने सिजन सुरु नहुँदै असोजमै हिउँ परेको यो बर्षको पहिलो हिमपात हो ।

प्रतिक्रिया दिनुहोस्