
यसबर्ष पनि गोदाममै थन्किए मनास्लु र चुमनुब्री स्याउ
गोरखाको हिमाली भेगमा उत्पादन भएका स्याउहरु यसबर्ष पनि कोल्ड स्टोरमै थन्किएका छन् । बजारसम्म ढुवानी हुन नसक्दा स्याउहरु कोल्ड स्टोरमै थन्किएको चमुनुब्री गाउँपालिका–४ नाम्रुङस्थित इन गोरखा प्रोडक्टका संचालक लाक्पा डुन्डुप लामाले बताए ।
२६ सय मिटर उचाइमा अवस्थित उनको स्याउ बगैँचामा यो वर्ष गत वर्षको तुलनामा दोब्बर बढि स्याउ उत्पादन भएको उनले जानकारी दिए । बगैँचाका १२ हजार ५०० स्याउको बोटबाट प्रतिबोट ४५ केजीका दरले करिब ६० हजार किलोग्राम स्याउ उत्पादन भएको उनको अनुमान छ । तर, बजारसम्म ढुवानी गर्न नसक्दा उत्पादित स्याउहरु घरकै गोदाममा थन्क्याउन बाध्य भएको उनको भनाइ छ ।
लाखौँ खर्चेर स्याउ खेती गरेको तर बजारसम्म ढुवानी गर्न नपाउँदा समस्यामा परेको व्यवसायी लामाको गुनासो छ । ‘स्याउ खेतीको मुख्य समस्या नै ढुवानी बनेको छ । खच्चडमा ल्याउँदा सबै स्याउ बिग्रन्छ । मान्छेलाई बोकाएर सम्भव पनि छैन । लागत बढेर फाइदा पनि हुदैन’, उनले भने, ‘यो वर्ष पोहोरको भन्दा दोब्बर उत्पादन भएको छ तर उत्पादित स्याउलाई बजारसम्म ल्याउनै सकिएन ।’
हाल स्याउ टिप्ने सिजन सुरु भएको छ । किसानहरुले भदैको पहिलो हप्तादेखि स्याउ टिप्न सुरु गरेको बताउँछन् । गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि ज्ञानकेन्द्र गोरखासंग साझेदारी गरी चुमनुब्रीमा स्याउ बगैँचा विकास गरिएको हो । कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । यी जातका स्याउहरु भदौको पहिलो हप्तादेखि असोजभित्रमा टिप्नुपर्ने हुन्छ । सडक सञ्जालले नछोएका यी भेगहरुमा उत्पादित उच्च गुणस्तरीय स्याउलाई बजारसम्म ल्याइपु¥याउन कठिनाई भएको हो ।
‘उत्पादन त धेरै राम्रो छ तर के गर्नेु बजारसम्म पु¥याउनै सकिन्न’, व्यवसायी लाक्पा डुन्डुपले भने, ‘खेर जानु भन्दा भनेर स्याउको सुकुटी, चिप्स, जुस तथा वाइन बनाउने तयारीमा छौँ ।’ बजार अभावकै कारण उच्च गुणस्तरका अर्गनिक स्याउ २००–२५० प्रतिकिलोमा बिक्री गरिरहेको उनी बताउँछन् । ‘बजार ल्याउन ढुवानीको समस्या, प्याकेजिङको समस्या समस्यै समस्या छ । खेर जानुभन्दा भनेर गाउँमा स्थानीय र पर्यटनहरुलाई एकदन न्युन मुल्यमा बेचिरहेका छौँ’, उनले भने ।




