| मङ्लबार, कार्तिक २४, २०८३

रोटरी क्लब अफ गोरखाको २२ औं पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ गोरखाको २२ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच रोटरी बर्ष २०२४/२५ का पदाधिकारीहरुको पदस्थापन गरिएको हो ।

कार्यक्रममा बर्ष २०२३/२४ का अध्यक्ष ज्ञानहरी अर्यालले २०२४/२५ का अध्यक्ष बिनोद कुमार बस्नेतलाई पद हस्तान्तरण गरे । बर्ष २०२४/२५ का प्रेसिडेण्ट इलेक्ट रामस्वरुप श्रेष्ठ, प्रेसिडेण्ट नोमिनी रामहरी केसी, उपाध्यक्ष शित्तलकाजी श्रेष्ठ, सचिव काजीराम श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्र कुवँर र सहसचिव पुष्कल अर्यालको पनि पदस्थापन भएको छ ।

त्यस्तै पि टिआरएफ चेयर कृष्णप्रसाद ढकाल, एमजी चियर नकुल थापा, सर्भिस प्रोजेक्ट चियर आनन्द गुरुङ (काजी), पब्लिक इमेज चियर बद्री पोखरेल, क्लब एडमिन चियर कमल पोखरेल, सर्जेण्ट अफ आर्म कृष्ण ढकाल र क्लब ट्रेनर पवनरमण खनालको पनि पदस्थापन भएको क्लबले जनाएको छ ।

रोटरी क्लबका डिजिई विनोद कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, क्लबका एजी विश्व कर्माचार्य, रोटरी क्लब अफ दमौलीका अध्यक्ष जीवनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक विशाल राना मगर, नेपाल पत्रकार महासंघ गोरखाका कोषाध्यक्ष मोहसिनअलि मियाँ लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष ज्ञानहरी अर्यालले बर्ष २०२३/२४ को कार्यप्रगती प्रस्तुत गरेका थिए । वर्तमान अध्यक्ष बस्नेतले आफ्नो कार्यकालमा सञ्चालन गर्ने कार्ययोजना सुनाएका थिए । कार्यक्रमकै अवसरमा क्लबले प्रदिप कुवँरलाई नयाँ सदस्यता प्रदान गरेको छ । कुवँर गोरखा नगरपालिका वडा नम्बर १० का अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्