| मङ्लबार, कार्तिक २४, २०८३

जिल्ला अदालतको करिब ६४ प्रतिशत मुद्दा फछ्र्याैट

गत आर्थिक वर्ष २०८०/८१ मा गोरखा जिल्ला अदालतको मुद्दा फछ्र्याैट प्रगति करिव ६४ प्रतिशत रहेको छ । कुल ९ सय ८० मध्ये ६ सय २३ मुद्दा फछ्र्याैट भएको आइतवार पत्रकार सम्मेलन गरी अदालतले जानकारी गराएको हो ।

आव २०७९/८० बाट जिम्मेवारी सरेको २ सय ६२ र नयाँ ७ सय १८ गरी कुल ९ सय ८० मुद्दा दर्ता भएका थिए,’ अदालतका श्रेस्तेदार मदनराज भट्टराइले भने, ‘ती मध्ये ६ सय २३ मुद्दा फछ्र्यौट भयो, ३ सय ५७ मुद्दा फछ्र्यौट हुन बाँकी छ ।’

सरल मार्ग अन्तरगत ७२९, सामान्य अन्तरगत २०५ र विशेष मार्ग अन्तरगत ४३ मुद्दा दर्ता भएको उनले जानकारी दिए । निषेधाज्ञा अन्तरगत ३ वटा मुद्धा दर्ता भएको बताइएको छ । चालु अवस्थामा रहेका ३ सय ५७ मुद्दा अन्तरगत सरल अन्तरगत १ सय ७१, सामान्य तर्फ १ सय ४६, विशेषमा ३८ र निषेधाज्ञा अन्तरगत २ वटा मुद्धा रहेको अदालतले जनाएको छ ।

अदालतको तथ्याङ्क अनुसार गत आव देवानी अन्तरगत ७ सय ३८ र फौजदारी अन्तरगत २ सय ३६ मुद्दा दर्ता भएका थिए । फौजदारी अन्तरगत दर्ता भएका मुद्दाहरु मध्य ३३ प्रतिशत जबरजस्ती करणीको रहेको जिल्ला न्यायाधिश शिव रानाभाटले बताए ।

‘छिटो, छरितो तरिकाले न्याय सम्पादन गर्ने लक्ष्य जिल्ला अदालतको छ’, उनले भने, ‘भौगोलिक विकटताका कारण सोचेजस्तो कार्य कम्पादन भने गर्न पाएका छैनौँ ।’ हाम्रो सामाजिक, आर्थिक र भौगोलिक परिस्थिति अनुसारको कानुन नभएकाले पनि न्याय सम्पादनमा जटिलता देखिने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्