| मङ्लबार, कार्तिक २४, २०८३

एक वर्षमा बैकिङ कसूरको ४३ वटा मुद्दा दर्ता

एक बर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयमा बैकिङ कसूरका ४३ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक बर्ष २०८०/८१ मा दर्ता भएका कुल मुद्दामध्ये यो संख्या तेस्रो ठुलो हो । गत बर्षबाट बैंकिङ कसूर र विद्युतीय कारोबार ऐन अन्तरगतका मुद्दाहरु जिल्ला प्रहरी कार्यालयले नै हेर्ने प्रावधान आएको हो ।

‘गत वर्षको असारबाट मात्र बैंकिङ कसुर र विद्युतीय कारोबार ऐन अन्तरगतका मुद्दाहरु जिल्लाबाटै हेर्ने प्रावधान आएको हो’, प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘एक वर्षमा चेक बाउन्सका ४३ वटा मुद्दाहरु दर्ता भए ।’ तीमध्ये २१ वटा मुद्दा फछ्र्याैट भएको उनले जानकारी दिए । २२ मुद्दा फछ्र्याैट हुन बाँकी रहेको उनको भनाइ छ ।

उनका अनुसार चेक बाउन्सको घटना बिशेष गरी जिल्ला सदरमुकाममा बढी देखिएको छ । प्रहरीका अनुसार गत आर्थिक वर्ष जिल्लाभर ३ सय ३१ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये सबैभन्दा धेरै आत्महत्या र अभद्र व्यवहारका छन् ।

गत बर्ष ४६ वटा अभद्र व्यवहारका मुद्दाहरु दर्ता भएका हुन् । गाली गलोजका १३, चोरीमा २०, ज्यान मार्ने उद्योगका ७, दोहोरो नागरिकताका र बहुबिवाहका ९/९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्