| मङ्लबार, कार्तिक २४, २०८३

बजार अनुगमनः म्याद गुज्रेका बेकरी आइटमहरु बिक्री वितरण

गोरखा सदरमुकाम स्थित बेकरी पसलहरुले म्याद गुज्रेका सामाग्रीहरु बिक्री गर्न राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार गरेको बजार अनुगमनमा म्याद गुज्रेका सामाग्रीहरु भेटिएको, सरसफाई नगरेको, मुल्य सूची नराखेको र दर्ता बिना नै पसल संचालन गरेका पाइएको अनुगमन टोलीका सुवास नेपालीले जानकारी दिए ।
कार्यालयले चारवटा बेकरी पसल र एउटा डेरीमा अनुगमन गरेकोे उनले बताए । ‘अधिकांश बेकरीका सामाग्रीहरुको म्याद गुज्रिएको र सरसफई समेत नभएको पाइयो’, उनले भने, ‘डेरी पनि दर्ता र मुल्य बिनै संचालन भएको पाइएको छ ।’ म्याद गुज्रेका सामाग्री बरामद गरि कानुनी प्रावधान अनुसार व्यवसाय संचालन गर्न निर्देन दिइएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रबिन्द्र घिमिरेको तेतृत्वमा अनुगमन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्