
गोरखामा बाढी पहिरोको जोखिमयुक्त क्षेत्र पहिचान
जिल्लाका सम्भावित विपद जोखिम क्षेत्रहरुको पहिचान गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिले पहिरो जोखिम क्षेत्रहरुको पहिचान गर्दै सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।
गोरखा नगरपालिकाको ताप्ले, कोखेआहाले, सिमलघारी, भोगटेनी, घलाङ, फिनाम, लाकुरीस्वारा, पन्थेस्वाँरा, रिप, पस्लाङ, हिलेपोखरी, मान्द्रेढुङ्गा, अमराई, नयाँबजार, डण्डीडाँडा, रानीवन, थाकलडाँडा, लुदिखोला, खोलखोले, आमडाँडा, बराह, सिमलगैरी, बिरेन्चोक, लक्ष्मीबजार, एघारकिलो, छेवेटार, दशकिलो, अबुवा, रामशाह टोल, अकला, तीनकिलो, सिमलगैरी, भुमिटार, दामगाडे, धनबासे, बाराहापानी, शिखर, सिर्दी, गोप्लिङ, सलाङगिरी र स्याउलीलाई विपदको सम्भावित क्षेत्रको रुपमा पहिचान गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । उक्त जोखिम क्षेत्रका बासिन्दालाई स्थानन्तरण गर्ने स्थानको समेत पहिचान गरिएकोे उनले जानकारी दिए । उनका अनुसार विपद आएमा गोरखा नगरपालिका ६ खेलकुद मौदान, गोनपा १० छेवेटार र गोनपा १३ गोरखकाली खेलमैदानमा उनीहरुलाई स्थानान्तरण गर्न सकिने छ ।
पालुङटार नगरपालिकाको सिमलेगैरा, बिर्दी, हात्तीगौडा, अबन्डा, वानियाँगाउँ, राउतेपानी, जौवारी टोल (लुईटेल) र कोइरालीलाई सम्भावित जोखिम क्षेत्रका रुपमा समितिले पहिचान गरेको छ ।
सहिदलखन गाउँपालिकाको बक्राङ, डाँडागाउँ, कान्टार, पिउरेनी, घ्याप्रिङ, तिनमाने, दार्चे, भाङबारी, हटिया, माझिटार, धुसिनि, छापथोक, मैलुङ, मास्किछाप, वनकाली, खाब्दी, नाम्जुङ, पतेनी र अँधेरी खोला क्षेत्र विपदको जोखिममा रहेको बताइएको छ ।
यता गण्डकी गाउँपालिकाको जोखिम क्षेत्रमा आग्रीडाँडा, तोमनडाँडा, थुम्का, लुकुना, गैरीगाउँ, बसेरी, ज्यामिरे घाट, धवादीघाट, थेउवाटार, तिनमाने, मास्कीछाप, रिम्जेली, तोरेन, गोर्दी, बुट्टार, चमति, सादिखोला र मकैसिंङ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार भिमसेनथापा गाउँपालिकाको छापाटा, दारेगरा, सपुङ्गे, निम्लेफाँट, झिङ्गटे, महादेवटार, सिक्रे, तोरीबारी, बालिमटार, बालुवाटार, नाङ्गे लगायतका क्षेत्रहरु विपद जोखिम क्षेत्रहरु हुन् ।
आरुघाट गाउँपालिका को ढाडगाउँ, सातदोबाटो, खत्रीश्वारा, कल्लेरी, सिस्नेर, आप्री, मंगलटार, श्याम्चेत दर्जले, सोती, थालचोक, ठोट्नेरी, पत्लोखर्क, ख्याम्लिङ, दोराङवेशी, माझँगाउँ, डोङचेत, धोरत, भुमिस्थान, अल्काटार, भोक्टेनी, वयाक, भिरकुना, श्याम्राङ, भल्छोपे, भलकभिर पैरा, भ्यागुते, घलेवन, छतिवन, धोस, होडारेखोला, अजुवाखोला, आर्खेतखोला, आर्वाङ पहिरो, टिमुरेगैरा, चुरुङ पहिरो, लामबगर, मौदीखोला, आरुटार खानेपाली, मंगलटार र तारेभिरलाई पनि सम्भावित जोखिम क्षेत्रका रुपमा पहिचान गरिएको छ ।
धार्चे गाउँपालिकाको फ्याप्चेत, यारु, काडेभीर, उहिया, हुलचुक, खोर्ला, लापु, सिङ्ला, केरौजा, रुन्चेत, कालाभिर, यार्सा, काशीगाउँ, माछीखोला, खानीगाउँ र भिरकुना जोखिम क्षेत्र रहेको बताइएको छ । यता चुमनुब्री गाउँपालिका अन्तरगत निले, सिप्चेत, खाईरिङ, स्याला, प्रोक, धर्मशाला, लोक्पा, एक्लेभट्टी, सरसिउ, ताङसिङ, घट्टेखोला, सल्लेरी, दोभान, रुप्से र जोङ क्षेत्रलाई जोखिम क्षेत्रका रुपमा पहिचान गरिएको छ ।
अजिरकाट गाउँपालिकाको राङरुङ, झ्याल्ला, ढोडेनी, सिम्जुङ, घ्याच्चोक, मिलिम, काफलडाँडा, लप्सीबोट, अपुन, नम्की, ओलाङ, कुसुन्डे, माथर, फाल्पु र धादिङगरा सम्भावित जोखिम क्षेत्रका रुपमा पहिचान भएका छन् ।
सिरानचोकको लाङ्दीखोला, माथिल्लो गोहोरे, थापनथान, गाखु, खहरे, भालुस्वाँरा, भोर्ले, सातदोबाटो, बयपानी, ढिस्का, जलबिरे, फिनामटार, भिरसिंङ, केराबारी र बारपाक सुलिकोट गाउँपालिकाको तिनखण्डे, राम्चे, पाँचखोला, देउराली, अमले, वालुवा, तल्लो जराङ्, उम्राखोला, मानेडाँडा, मान्द्रे, साप्राङ, आलगाउँ, काफलडाँडा, ग्याजि, रन्चोक, घुन्चोकटार, सिरानखर, नानचोक र खारचोकलाई विपद जोखिम क्षेत्रमा राखिएको समितिले जनाएको छ ।




