
लघुवित्त पिडितद्वारा गोरखा बजारमा राँके जुलुश
ऋण मिनाहाको माग गर्दै आन्दोलनरत लघुवित्त पिडितहरुले आइतबार साँझ राँकेजुलुस प्रदर्शन गरेका छन् । दर्जनौ लघुवित्त पिडितहरुले आइतबार साँझ गोरखा बजारमा राँकेजुलुस प्रदर्शन गरेका हुन् ।
लघुवित्तले गाउँठाउँमा ऋणीहरुलाई दुख दिएकाले लघुवित्त खारेज हुनुपर्छ भन्ने मागसहित आन्दोलनमा उत्र्रिको प्रदर्शनकारीहरुको भनाइ छ । साथै आन्दोलन माग पूरा नहुञ्जेल चरणवद्ध रुपमा गर्दै जाने उनीहरुको चेतावनी छ ।




