| सोमवार, अशोज ११, २०८३

गोरखामा यसबर्षको एसईईमा ३३ प्रतिशत मात्र उतीर्ण

प्रतीक्षा आले ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक भएको छ । गोरखाबाट इसईईमा सहभागीमध्य ३३ प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् । ६७ प्रतिशत विद्यार्थीको नतिजा अवर्गीकृत (एनजी) ग्रेड प्राप्त गरेका छन् ।
जम्मा तीनहजार छसय २८ जनाले परीक्षा दिएकामा एकहजार एकसय ६३ जना उतीर्ण भएका र दुईहजार चारसय ६५ जना परीक्षार्थीहरुको नतिजा अवर्गीकृत(एनजी) भएको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । कार्यालयका अनुसार यो सङ्ख्याभित्र दुईदेखि सबै विषयमा एनजी ल्याएका विद्यार्थीहरु परेका छन् ।
दुईवटा विषयमा एनजी ग्रेड ल्याउने विद्यार्थीहरुले भने साउनमा पुरक परीक्षा दिन पाउने कार्यालयले जनाएको छ । दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुले भने अर्को बर्षमात्र परीक्षा दिन पाउने कार्यालयको भनाइ छ ।
परीक्षामा एकजना विद्यार्थीले ‘ए प्लस’ ग्रेड प्राप्त गरेको छन् । ‘ए’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या ५८ रहेको छ । यस्तै २ सय ४८ जनाले ‘बी प्लस’ र ५ सय ४७ जनाले ‘बी’ ग्रेड ल्याएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्