
लागू पदार्थ दुव्र्यशन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
लागू पदार्थ दुव्र्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गोरखाको महेन्द्रज्योति मावि दरवारमार्ग गोरखामा मानव अधिकार तथा शान्ति समाजले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार तथा शान्ति समाज गोरखा शाखाकी अध्यक्ष गोमा दुवाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समाजका केन्द्रीय सचिव सिताराम तिवारीले समाजले तयार गरेको अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडीले अवधारणा पत्रमा टिप्पणी गर्दै सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए । सो कार्यक्रममा समाजको गोरखा शाखाका उपसभापति शरद श्रेष्ठ, सचिव रामचन्द्र पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




