
गोरखा नगरपालिकाका डाक्टर केसी सम्मानित
गोरखा नगरपालिका वडा नं ८ निवासी डाक्टर विशाल केसी सम्मानित भएका छन् । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य सरसफाई तथा वातावरण संरक्षण र दिगो बिकासतर्फ उनलाई सम्मान गरेको हो ।
चिकित्सक पेशासँगै सामाजिक कामहरुमा समेत अतुलनीय योगदान पु¥याएका भन्दै उनलाई सम्मान गरिएको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
केसीले विगत ६ वर्षदेखी चिकित्सक पेशामा आवद्ध भई गोरखा र तनहुँको विभिन्न अस्पतालहरुमा काम गर्दै आएका छन् ।




