| सोमवार, अशोज ११, २०८३

गोरखामा ७३ औँ स्काउट दिवस मनाइयो


नेपाल स्काउटको ७३ औं स्थापना दिवस गोरखामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार गोरखा नगरपालिका ६ चारधारेमा कार्यक्रम गरी ७३ औं स्थापना दिवस मनाइएको हो । नगरपालिकाभित्रका स्काउट सञ्चालन भएका विद्यालयहरु बीच रैथाने खाना बनाउने प्रतियोगिता गरेर दिवस मनाएको स्काउटर सरिता अर्यालले बताइन् ।


उक्त प्रतियोगितामा सरस्वती मावि प्रथम, बालमन्दिर मावि द्वितीय र रत्नराज्य माविले तृतीय स्थान हाँसिल गरेको छ ।

प्रतियोगिताका बिजेता टिमहरुलाई प्रमाणपत्र दिएर पुरस्कृत गरिएको थियो । नगरपालिकाभित्रका सात विद्यालयमा स्काउट सञ्चालनमा छ । त्यसमध्य वल्ड क्यापिटल मावि भने निजी र बाँकी सबै सामुदायिक विद्यालयहरु हुन् ।


दिवसको अवसरमा भएको कार्यक्रममा प्रत्येक विद्यालयबाट १०÷१० जनाको सहभागिता रहेको थियो । गोरखा नगरपालिकाकी उपमेयर सपना पुनको अध्यक्षता तथा मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्काउट गोरखा जिल्ला संयोजक मिनबहादुर नेपाली, प्रदेश सदस्य अनिशा श्रेष्ठ र स्काउट सञ्चालन भएका विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहको थियो ।

प्रतिक्रिया दिनुहोस्