| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनी–मुग्लिन सडकखण्ड तीन घण्टा बन्द हुने

आँबुखैरेनी–मुग्लिन सडकखण्डमा आइतबार तीन घण्टा सवारी साधन अवरुद्ध हुने भएको छ । उक्त खण्डको चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानहरु टुक्राएर झार्नुपर्ने भएकाले बिहान दश बजेदेखि दिउँसो १ बजेसम्म सवारी साधन अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

शुक्रवार सार्वजनिक सूचना जारी गर्दै सडक डिभिजनले सो कुरा जानकारी गराएको हो । सो अवधिभर सवारी सधानको व्यवस्थापनमा आवश्यक सहजिकरण गरिदिन प्रशासन र प्रहरीलाई सो डिभिजनले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्