
जग्गा विवादले गोरखा घ्याम्पेसाल विद्युत लाइन तार बिस्तार हुन सकेन
जग्गा विवादका कारण गोरखादेखी घ्याम्पेसालसम्म ३३ केभि लाईनको तार बिस्तारको काम प्रभावित बनेको छ । विवादका कारण सदरमुकामस्थित सबस्टेशनदेखी घ्याम्पेसालसम्म तार बिस्तार हुन सकेको छैन । गोरखा नगरपालिकाको वडा नं ६, ८ र ९ मा जग्गा विवाद भएको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले बताए ।
उनका अनुसार लाइन वितरणको करिब ८० प्रतिशत काम सकिएको छ । ‘अन्य ठाउँमा सबै काम करिब सम्पन्न भईसकेका छन्’, उनले भने, ‘गोनपाको विवाद टुङ्गो लाग्यो भने २÷३ महिनाभित्र लाइन वितरणको सबै काम पुरा हुने थियो ।’ नगरपालिकाले सडकको मापदण्ड निर्धारण गरेपछि मात्र विवाद भएको ठाउँमा तार बिस्तारको काम अघि बढाउने उनले जानकारी दिए ।
गोरखा सबस्टेशनदेखी घ्याम्पेसालसम्म २० किमि लाइनको काम करिब समपन्न भईसकेको गुरुङले बताए । ‘अब जम्मा ३ किलोमिटर लाइनको काम बाँकी छ’, उनले भने, ‘८०० मिटर भिमसेनथापाको लामाचौरमा र बाँकी गोरखा नगरपालिका क्षेत्रका छ ।’ दुवै ठाउँमा जग्गा विवादका कारण काम रोकिएको उनले बताए ।
प्राधिकरणले सदरमुकामदेखी भिमसेनथापा र बारपाक सुलिकोट गाउँपालिकाको सबै क्षेत्र र गोरखा नगरपालिका वडा नं १ र २, आरुघाट र धार्चे गाउँपालिकाको केही क्षेत्रहरुमा विद्युत वितरणको काम सुरु गरेको छ । आरुघाट लगायतको क्षेत्रहरुमा छिमेकी जिल्ला धादिङबाट विद्युत ल्याउने गरेकोमा अब सदरमुकाम स्थित गोरखा सबस्टेशनबाटै विजुली वितरण हुने विद्युत प्राधिकरण गोरखाका प्रमुख गुरुङको भनाई छ । भिमसेनथापा गाउँपालिका स्थित मसेलमा नर्माण भईरहेको सबस्टेशनसम्म विद्युत प¥याएर मसेलबाट अन्य ठाउँहरुमा विजुली वितरण गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।




