
सामागाउँ पुर्णखोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा
चुमनुब्री गाउँपालिका वडा नम्वर १ सामागाउँ पुर्णखोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच पूर्ण खोप वडा घोषणा गरिएको हो । वडाभित्र रहेका १६ महिनादेखी ५९ महिनासम्म उमेर समूहका बालबालिकाहरुले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोपहरु लगाएसँगै वडालाई पुर्णखोप सुनिश्चितता वडा घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । वडा सदस्य ढिजेङ डोल्मा लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।




