| आइतवार, कार्तिक २२, २०८३

गोनपाको फुटपाथ योजनामा सडक डिभिजनको सहकार्य

गोरखा बजारको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा पार्ने काममा सडक डिभिजन दमौलीले सहकार्य गर्ने भएको छ । गोरखा नगरपालिकाका अनुसार सडक डिभिजनले सडक र नाला निर्माणमा साथ दिने बताएको छ ।

‘आजभोलिमा ठेक्का आव्हान गर्न तयार भइसकेका थियौँ,’ मेयर कृष्ण रानाले भने, ‘तर उहाँहरुले सडक र नाला हामी बनाउँछौँ, अरु काम तपाइहरु गर्नुस् भनेपछि हामीले उहाँहरुलाई पर्खिने निर्णय ग¥यौँ ।’ उक्त कामको प्रस्ताव सहित सडक डिभिजन दमौलीले बिभागमा पत्राचार समेत गरिसकेको उनले बताए । ‘उहाँहरुले बिभागमा पत्राचार गरिसक्यौ भन्नुभएको छ, त्यहाँबाट निर्णय भएर अएपछि टेण्डर निकाल्छौ,’ उनले भने ।

बहुबर्षिय योजनामा समावेश गराउँदै नगरपालिकाले उक्त कामका लागी यो बर्ष ८० लाख रकम विनियोजन गरेको छ । योजना अन्तरगत बसपार्कदेखि खोलखोलेसम्मको सडक करिव तीन मिटर चौडा गर्ने र नालासहित फुटपाथ बनाउने हो । योजनाको डिपिआर तयार भइसक्यो । फुटपाथ निर्माणको क्रममा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरु भत्काउने मेयर रानाले बताए ।

‘दुई तीन वटा घरले समस्या बनाउने देखिएको छ, ती घरलाई के गर्ने भन्ने निर्णय भने भएको छैन,’ उनले भने ।
उक्त योजना सम्पन्न गर्न करिव १४ करोड लाग्ने नगरपालिकाले जनाएको छ । नाला र सडकको काम गर्न नपरे आर्थिक रुपमा भार कम हुने मेयर रानाले बताए । ‘नाला र सडकको काम सडक डिभिजनले गरिदियो भने हामी फुटपाथ बनाउथ्यौ, बजेट पनि मितव्ययी हुन्थ्यो,’ उनले भने, ‘हामीले मात्रै सबै काम गर्नप¥यो भने धेरै नै बजेट जुटाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्