
बूढीगण्डकी निर्माण सुरु गर्ने सरकारको घोषणा
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने घोषणा गरेको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बूढीगण्डकी र नलसिंहगाड जलासययुक्त आयोजनाको निर्माण कार्य अगाडि बढाउने घोषणा गरेका हुन् ।
दूधकोशी जलासययुक्त आयोजनाको निर्माणपूर्वका काम सम्पन्न गर्ने पनि सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।




