
सेतोपुतलीबाट बचौँ, बचाऔँ
गोरखा दरबार, गोरखकाली तथा गोरखनाथ मन्दिरमामा सेतो पुतलीको आतंक छ । स्वच्छ मनले पूजा गर्न आएकाहरु पुतली आतंकले त्रसित हुने गर्छन् । सेतो पुतली आतंकले गोरखा दरबार तथा मन्दिर आउने तिर्थालु भक्तजनहरूमा आँखा हुने गम्भीर संक्रमण (शापु)को त्रास बढेको छ । जहाँतहीँ विषालु पुतली देखेर भक्तजनहरू डराउने गरेको छन् ।
मन्दिर र दरबारको जहाँतहीँ सेतो पुतली देखेर भक्तजनहरु तर्सिने गरेका छन् । तसर्थ यसलाई यहाँबाट हटाउने बारे यथासीघ्र केही न केही उपाय अपनाउने जरुरी छ । सेतोपुतलीबाट मुक्ति पाउनका लागि गोरखा दरबार हेरचाह अड्डाले सामाजिक सञ्जालमार्फत राय सुझाव मागेका छ । तर व्यवहारिक उपाय कहीँबाट पाउन सकेको छैन ।
सेतोपुतलीले अत्याएर भक्तजनहरू नआउलान् भन्नेसम्मको चिन्ता मन्दिर परिबारको छ । सेतोपुतलीको झुसले आँखाको ज्योति नै गुम्न सक्छ भन्ने सबैलाई थाहा छ । यस्तो खतरनाक पुतली मन्दिरभरि देखेपछि सबै डराएको देखिन्छ । यो समस्या चाँडोभन्दा चाँडो समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ । यसबाट मन्दिरका पुजारी, सुसारे, भक्तजन कोही पनि समस्यामा नपरुन् भन्ने सबैको अपेक्षा रहेको छ ।
मन्दिरभरि सेतोपुतली देखेर डरत्रास बढाएको छ । ठूला मान्छे त सावधानी अपनाएर बच्न सक्लान्, तर भक्तजनसंगै आउने अवोध बालबालिकालाई यसबाट बच्ने सामथ्र्य हुदैन । उनीहरुलाई जोगाउन अभिभावकलाई पनि धौ धौ छ । सेतो पुतलीको झुस आँखामा परेमा त्यसले सिजनल हाइपरएक्यूट प्यान युभिट्स(शापु) नामको आँखाको संक्रमण गराउँछ । यसले आँखाको ज्योतीसम्म गुमाइदिन सक्ने हुनाले बचेर पूजाआजा गर्नु वुद्धिमानी हुन्छ । दुईदुई वर्षमा देखिने भने पनि गत वर्ष व्यापक देखिएको यो पुतली यस वर्ष पनि देखिएको हो ।




