
चट्याङले क्षति पुगेपछि गोरखा अस्पतालको ल्याव सेवा प्रभावित
वुधवार दिउँसोको चट्याङले गोरखा अस्पतालको ल्याव शाखामा क्षति पु¥याएको छ ।
शाखामा रहेका मेसिनहरुमा क्षति पुगेको अस्पतालले जनाएको छ । क्षतिका कारण ल्याव शाखाबाट प्रदान हुदैं आएको सेवाहरु बन्द भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् ।
‘युरिया, एमिलेज, क्रिएटिनिन्, एलएफटी, सुगर, लिपिड प्रोफाइल, लायपेज, युरिकएसिड, क्यालसियम र एलडिएच टेस्ट रोकिएको छ,’ उनले भनिन् । उनका अनुसार क्षति पुगेका मेसिनको मर्मत भइरहेको छ ।




