| सोमवार, कार्तिक २३, २०८३

७२ सालको भूकम्पमा मृत्यू हुनेको नाम सरकारसंगै नभएको हो ?

‘काम प्रभावकारी भएन’ भनेर नयाँ पुस्ताका(युवा) मन्त्रीहरुमाथि आरोप लगाउँदा ३० बर्षदेखि केही काम नगर्दा हुने, अहिले हामी त गर्दैछौँ नि, किन यत्तिका हतार भएको हो ? भनेर उल्टै आरोपको बर्षा हुन्छ ।

२०७२ सालको भूकम्पमा ज्यान गुमाएकाहरुको नाम उपलब्ध गराउन गृहमन्त्रालयले नसक्दा सातबर्षअघि ठेक्का सम्झौता भई काम सुरु भएको बारपाकको भूकम्प स्मृतिपार्क अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । विपद् व्यवस्थापन तथा न्यूनिकरण प्रधिकरण बनेको पनि यत्तिका बर्ष भइसकेको छ, तर अहिलेसम्म भूकम्पमा परी मृत्यू भएकाहरुको नामसमेत अद्यावधिक गरिएको छैन । सो नाम प्राप्त नहुँदा विगत दुई बर्षदेखि स्मृति पार्क निर्माणको काम रोकिएको छ ।

बरु आयोजना कार्यालयले म्याद थप नमागे पनि म्याद थप्दै पठाउँदै गरेको छ । अन्तिम पटक २०८० साल माघ ३० गते थप भएको म्याद पनि सकिसक्यो । काम सम्पन्न नभएपछि पुनः म्याद थपको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।
म्याद थप्नु पर्दा सो प्रक्रियाका लागि आफूलाई लाखौँ नोक्शान भइसकेको निर्माण व्यवसायीको भनाइ छ । कतै ठेकेदारका कारण काममा ढिलाइ, कहीँ सरकारकै कारण काम अस्तव्यस्त हुने गरेको छ ।

पार्कभित्र भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा ‘स्मृति स्तम्भ’ निर्माण गरिएको छ । त्यसमा १४ जिल्लाको छुट्टाछुट्टै स्तम्भ पनि छन् । सोही स्तम्भको भित्तामा नाम लेख्ने काम बाँकी रहेको हो । सोबाहेक अरु सबै काम लगभग सकिसकेको छ ।

पार्क निर्माणको जिम्मा पाएको स्वच्छन्द होम निर्माण सेवाले सरकारले नाम उपलब्ध नगराएर योजना अलपत्र बनेको जनाएको छ । पार्क निर्माण सम्पन्न नहुँदा यसको संरक्षण पनि हुन सकेको छैन । निर्माण भइसकेका संरचना पनि टुटफुट र नष्ट हुन थालेको छ । त्यसैले मन्त्रालयले यथासीघ्र मृतकको नाम उपलब्ध गराएर सो स्मारकको काम यथासीघ्र सम्पन्न गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्