| आइतवार, कार्तिक २२, २०८३

गोरखामा सडक खाना महोत्सव सुरु (फोटोफिचर)

नयाँ बर्षलाई लक्षित गरी गोरखा सदरमुकाममा सडक खाना महोत्सव सुरु भएको भएको छ । गोरखा होटल संघको आयोजनामा झाँकी ¥यालीसहितको महोत्सव सुरु भएको हो ।

आज (शुक्रबार) र भोली (बैशाख १) गते दुई दिवसीय महोत्सव हुन लागिएको हो । गोरखा सदरमुकामको पुरानो बसपार्कदेखि ठुलोआँगन क्षेत्रलाई समेटेर महोत्सव गर्न लागिएको संघले जनाएको छ ।

महोत्सवमा कुल ५० वटा स्टल रहने र त्यसमा बिभिन्न जातजाती बिशेष स्थानीय परिकारका खानाहरु पाइने संघका जिल्ला अध्यक्ष निधिप्रसाद तिमिल्सिनाले बताए ।

महोत्सवसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको सांगतिक प्रस्तुती समेत हुने बताइएको छ । शुक्रबार राती एक बजेसम्म कार्यक्रम हुने उनले जानकारी दिए ।

धार्मिक एवं पर्यटकीय स्थलको प्रचार प्रसार गर्दै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्