
गोरखामा १३ हजार बढी बालबालिकालले दादुरा रुवेलाको खोप लगाए
जिल्लाका १३ हजार भन्दा बढी बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाइएको छ । ९ महिनादेखि ५ बर्ष मुनिका १३ हजार ६८० बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत फागुन १६ गतेदेखि २२ गतेसम्म सबै पालिकामा एक साथ खोप अभियान संचालन भएको थियो ।
चुमनुव्री गाउँपालिकाका ५४३, अजिरकोट गाउँपालिकाका ५४३, बारपाक सुलिकोटका १ हजार ५१, धार्चे गाउँपालिकाका १ हजार ४९ र आरुघाट गाउँपालिकाका १ हजार १८४ जना बालबालिकालाई खोप लगाइएको खोप शाखा निरीक्षक नानीबाबु दानीले बताए । त्यस्तै भीमसेन थापाका ७ सय ६२, सिरानचोकका ८ सय ९०, पालुङटार नगरपालिकाका २ हजार २५, गोरखा नगरपालिकाका ३ हजार ५०४, शहीदलखन गाउँपालिकाका १ हजार ७२ र गण्डकी गाउँपालिकाका १ हजार ८२ जना बालबालिकालाई खोप लगाइएको उनले जानकारी दिए ।
अभियानमा जिल्लाका कुल ३ हजार २ सय ४८ बालबालिकालाई खोप लगाउने लक्ष्य कार्यालयले लिएको थियो । अभियान संचालनका लागी ४८ वटा खोप केन्द्र निर्धारण गरिएको थियो । ९६ जना स्वयमसेवक र २८ जना तालिम प्राप्त जनशक्ति अभियानमा खटिएका थिए ।




