| मङ्लबार, कार्तिक २४, २०८३

छेवेटारमा सम्पन्न शिविरमा ४८० जनाले सेवा लिए

गोरखा नगरपालिका वडा नं १० को छेवेटार आधारभुत स्वास्थ्य केन्द्रमा आयोजित दुई दिने स्वास्थ्य शिविरमा ४८० जनाले सेवा लिएका छन् । शिविरको पहिलो दिन शुक्रबार ३२० जना र शनिबार १६० जनाले सेवा लिएको छेवेटार आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख बिकास थापाले जानकारी दिए ।

शिविरमा इसिजि, भिडियो एक्सरे, छारेरोग, स्नायु, मानसिक रोग, सर्जरी तथा हाडजोर्नी सम्बन्धी रोगको उपचार र निशुल्क औषधि समेत वितरण गरिएको थापाले बताए । पन्त समाज नेपालको आयोजना तथा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं सहकार्यमा शिविर संचालन गरिएको हो ।

पन्त समाज नेपालका अध्यक्ष अमर पन्तको अध्यक्षता र वरिष्ठ न्यूरो सर्जन वसन्त पन्तको प्रमुख अतिथ्यतामा सम्पन्न शिविरमा गोरखा नगरपालिका वडा नं १० का वडा अध्यक्ष प्रदीप कुँवर, छेवेटार आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख बिकास थापा, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्