
आफ्नो गाउँको योजना जबर्जस्ती खोसिएको गोप्लिङबासीको आरोप
मेलिना बराम/ प्रतीक्षा आले मगर :

आफूहरुले माग गरेर परेको मोटरेबल पुलको योजना बलपूर्वक अन्यत्र सार्न लागिएको भन्दै गोरखा नगरपालिका १४ गोप्लिङका बासिन्दाले गुनासो गरेका छन् । गोप्लिङ र आँबुखैरेनी गाउँपालिका ३ एक्लेफाँट(कलबोट) जोड्ने गरी स्वीकृत भएको मस्र्याङ्दी नदीमाथिको मोटरेबल पुलको योजना ठेकेदारको स्वार्थ र जनप्रतिनिधिको जोडबलमा मस्र्याङ्दी जनविद्युत आयोजनाको बाँधमुनि लगिएको स्थानीयको गुनासो छ ।
करिब २६ करोको सो योजना इलाइट कन्स्ट्रक्शन कम्पनीले ठेक्का सम्झौता गरेको थियो । डिजाइन स्टमेट भइसकेको र ठेक्का सम्झौता भइसकेको सो पुल निर्माण कम्पनीको राजनीतिक पार्टी र जनप्रतिनिको जोडबलले अन्यत्रै सारिएको गाउँलेको गुनासो छ । डिजाइन स्टमेट भइसकेको बाँधभन्दा माथि पुल बनाउँदा लागत बढ्छ, नाफा कम हुन्छ भन्दै बाँधमुनि पानी नभएको ठाउँमा तिखेबरबाट आँबुखैरेनी २ को एक्लेफाँट जोड्ने गरी बलपूर्वक काम गर्न थालेको स्थानीयबासीको आरोप छ । २०७७ साल असोज १० गते ठेक्का सम्झौता गरेको सो निर्माण कम्पनीले तीनबर्षसम्म काम नगरी हालसालै मनोमानी ढंगले पुल निर्माण प्रक्रिया सुरु गरेका गाउँलेको भनाइ छ ।
धेरै हण्डरठक्कर खाई पारेको पुल निर्माणको योजना आफूहरुका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै बनेको गोप्लिङ गाउँका स्थानीय सोम पन्थ बताउँछन् । उनी आफुहरुले पुल निर्माणमा धेरै पहल गरे पनि विभिन्न बाधा अड्चन आइरहेको बताउँछन् । कम्पनीका प्रतिनिधि ठेकेदार सुरेन्द्र पाण्डेले गाउँभेलाको बीचमा निर्धारित समयमा पुल निर्माण हुने आश्वसन पनि देखाए । तर, गाउँमा निर्माण हुने भनिएको पुल गाउँभन्दा साँढे दुई किलोमिटर तल निर्माण कार्य सुरु भएपछि आपूmहरुलाई अन्याय भएको उनीको गुनासो छ ।
एकठाउँका लागि डिजाइन स्टमेट भएको पुल व्यक्तिगत स्वार्थका लागि साँढे दुई किलोमिटर तल निर्माण गर्न थालिएको अर्का स्थानीय उत्तम बहादुर भण्डारीले बताए । ‘पुल बनाउन हामीले धेरै पहल ग¥यौँ’, उनले भने, ‘ठेकेदारले पुल बनाउछु भनेर मन्त्रीको रोहोबरमा गाउँलेका अगाडि प्रतिबद्धता जनाएको थियो ।’ ठेकेदारले राजनीतिक शक्तिको आडमा केही जनप्रतिनिधि, केही नेतासंग मिलेमतो गरी अनुकूल हुने गरी मस्र्याङ्दी बाँधभन्दा तल पुल निर्माण गर्न सुरु गरेको छ ।
सर्वसाधारण गाउँलेको आँखामा छारो हाली ठेकेदारको जालझेल र षड्यन्त्रको मतियार बनी केही नेतागिरी गर्नेहरु पनि मस्र्याङ्दी बाँधभन्दा तल पानी नै नभएको ठाउँमा पुल बनाउने जोडबल गरिरहेका गोप्लिङका स्थानीयबासीको आरोप छ ।
‘ठेकेदारले पहिले निर्धारित ठाउँमा, निर्धारित समयमा पुल बनाउँछु भनेर गाउँलेको अगाडि नाटक ग¥यो । अहिले बाँधभन्दा माथि पुल बनाउँदा खर्च धेरै लाग्छ, बाँधभन्दा तल पानी नै नभएको ठाउँमा पुल बनाउँदा खर्च कम, नाफा धेरै हुन्छ भन्ने स्वार्थले जनतालाई सोधपुछ नगरी आफुखुसी बाँधतल पुल निर्माण गर्न लागेको छ । ठेकेदारको लहैलहैमा केही जनप्रतिनिधि र केही नेताले साथ दिएका छन् ।’ अहिले बाँधभन्दा तल पानी नभएको ठाउँमा निर्माण हुन लागेको पुलले स्थानीयबासीलाई लाभ नहुने उनी बताउँछन् ।
गोरखा नगरपालिका १४ को तिखेबर र तनहुँको आबुँखैरेनी गाउँपालिका ३ को एक्लेफाँट जोड्ने पुल निर्माणको लागि ५ वर्षअघि गोप्लिङबासीले माग गरेर योजना पारेका थिए गाउँलेको भनाइ छ । सो पुल निर्माणको लागि सम्बन्धित कार्यालयले ठेक्का आव्हान पनि ग¥यो । तर, जनताको आँखामा छारो हाली अहिले ५ वर्षपछि यसअघि ठेक्का सम्झौँता भएको ठाउँबाट साढे २ किलोमिटर तल पुल निर्माण गर्न लागेको गाउँलेको गुनासो छ ।
‘एकठाउँका लागि आएको पुल अहिले गाउँलेलाई पायक नपर्ने ठाउँमा, ठेकेदारलाई मात्र पायक पर्ने ठाउँमा बनाउन लागेको छ’, स्थानीय ज्योतेन्द्र बुढाथोकी भन्छन्, ‘तर हामीसँग केही समन्वय भएको छैन ।’ उनले गाउँलेहरुलाई थाहै नदिई, समन्वय नगरी स्थानीय सरकारले ठेकेदारको लहैलहैमा लागेर मनोमानी गरेको आरोप लगाए । ‘वडा अध्यक्ष हाम्रो फोन उठाउँदैनन् । गोरखा नगरपालिकाका मेयर कृष्ण राना समक्ष गुनासो गर्न जाँदा उल्टै हामीलाई नै हप्कीदप्की गरी ठेकेदारको पक्षबाट सिफारिस बङ्ग्गाएर बाँधभन्दा तल पुल निर्माणको सिफारिस गर्दिनुुभएछ ।’ मस्र्याङ्दी पुल गोप्लिङबासीका लागि हात्तीआयो, हात्ती आयो फुस्सा भनेझै भएको उनको भनाइ छ ।
पुल नहुँदा मस्र्याङ्दी पारि पर्ने पृथ्वीराजमार्ग, दैनिक उपभोग्य सामान किन्ने बजार आवतजावत गर्न कठिन भएको गोप्लिङ गाउँका स्थानियहरु बताउँछन् । उनीहरु पारि जान मस्र्याङदी जलविद्युत आयोजनाको बाँध भएर जानु पर्छ । बाँधमा सेनाको चेकपोस्ट छ । सेनाले सो बाटो राती ८ बजे बन्द गर्छ । बिरामी भएर जानु पर्दा निकै लामो प्रक्रिय पुरा गर्नु पर्ने स्थानियहरु बताउँछन् । ‘बेलुका आठबजे पछि गेट लाइदिन्छन’, स्थानीय तीर्थ कुमारी खत्रीले भनिन्, ‘गारोसारो परेर जाँदा उनीहरुको ठुलो मान्छेलाई सोध्दा के के गर्दा निकै समय लाग्छ ।’ पुल गाउँको छेउबाट बने सबैलाई धेरै सहज हुने उनले बताइन् ।
यता वडा नं. १४ का वडाध्यक्ष गोपाल थापा भने स्थानीयले साढेँ तीन वर्षसम्म पनि पुल निर्माण प्रक्रिया अघि नबढाएपछि तल पुल बनाउन लागिएको बताए । ‘साढेँ तीन वर्षमा पनि पुल हालेनन्, पटक पटक बैठक बस्दाँ पनि बस्ती छोडेर पुल बनाउन माथी लाग्ने भने पछि हामीले तल बनाउने भनेका हौं’ उनले भने, ‘सबै कुरा भैसक्यो ठेकेदारले काम सुरु गर्न लागिसक्यो, त्यहाँ पनि दुई थरीका मान्छे छन् । एक थरीका सधैं विवाद गरिराख्ने र अर्कौ थरिका पुल बनोस् भनेर सहजीकरण गर्ने ।’
पुल बनाउन भनेर बनेको पहिलाको उपभोक्ता समितिलाई खबर नगरी नयाँ उपभोक्ता समिति बनाएको गोप्लिङबासीको गुनासो छ । यस विषयमा जिज्ञासा राख्दा वडाअध्यक्ष थापाले भने ‘माथिका मान्छेहरुको व्यवहारले आत्तिएर ठेकेदार तलका भेगको मान्छेसंग सल्लाह र समन्वय गरी नयाँ उपभोक्ता समिति बनाएर अब पुल बनाउन लागेको हो ।’ बाँधभन्दा माथि ठूलो ताल भएको र तालमाथि पुल बनाउन नसक्ने भएकाले बाँधभन्दा तल पुल बनाउन लागेको उनले बताए । बाँधभन्दा तल बनाए पनि तल, माथि दुवै टोलका मान्छेलाई पायक पर्ने उनले बताए ।
पहिलेको पुरानो उपभोक्ता समितिले काम नगर्ने विवाद मात्रै सिर्जन गर्ने गरेको उनको आरोप छ । ‘पुल बनाउने बेला सधै विवाद मात्रै गर्छन्, त्यहीँ भएर नयाँ समिति बनाएर अघि बढेका हौं’, उनले भने, ‘उहाँहरुले काम गर्न असहज वातावरण बनाउनु हुन्छ, त्यसकारण पुल तल बनाउन लागेको हो ।’ वडाध्यक्ष थापाले वडाको बिकासको लागि आएको बजेट फ्रिज गरी फिर्ता गर्न नहुने समेत बताए । ‘राज्यको पैसा वडाका लागि आएको हो,’ उनले भने, ‘राज्यको पैसा फिर्ता गर्न त मिलेन, त्यहीँ भएर हामीले तल नै पुल बनाउन लागेको हौं ।’




