| आइतवार, कार्तिक २२, २०८३

सुन्तला जोनमा सात बर्षमा सात करोड खर्च, उत्पादन भने घट्दै

प्रतिक्षा आले मगर :

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयले गोरखामा ‘सुन्तला जोन’ कार्यक्रम लागु गरेको सातवर्ष बितिसक्यो । कार्यालयले यो अवधिमा राज्यको ढुकुटीबाट सात करोड ९९ लाख ६९ हजार रुपैँया खर्च गरिसकेको छ । तर उत्पादन भने ऋणात्मक छ ।

सुन्तला जोन अन्तर्गतका गण्डकी गाउँपालिका, भीमसेनथापा गाउँपालिका, शहिदलखन गाउँपालिका र गोरखा नगरपालिकाका सबै वडाहरु र पालुङटार नगरपालिकाको वडा नं ९ र १० मा सो रकम खर्च भएको हो । करोडौँ खर्च भए पनि जोनमा सुन्तलाको उत्पादन उल्लेख्य रुपमा बढ्नु पर्नेमा झन घटेको छ । यसबर्ष गतवर्षको तुलनामा तीनसय मेटिूकटन घटेको कार्यालयले जनाएको छ ।

गतवर्ष करिब १९ सय मेटिूक टन सुन्तला उत्पादन भएको जोनमा यो वर्षजम्मा १६ सय मेटिूक टन मात्र उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन ईकाइ गोरखाले जनाएको छ ।

उत्पादन घट्नुमा विविध कारण रहेको ईकाइका सूचना अधिकारी रविन्द्र पौडेलले बताए । सुन्तलाको बोटहरुमा विभिन्न प्रकारहरुको रोग लाग्नु, प्राङ्गारिक मलको अभाव, खडेरी र सिंचाइको अभावका कारण उत्पादनमा ह्रास आएको उनले बताए । उत्पादन घटे पनि आर्थिक कारोवारमा नघटेको भन्दै कार्यालयले सन्तोषको सास फेरेको छ । सुन्तलाको मूल्य बढेकाले आम्दानी उस्तै देखिएको हो ।

सुन्तलाको उत्पादन नबढे पनि परियोजना सञ्चालन भएपछि कृषकहरुमा उमंग छाएको पौडेलको दाबी छ । उत्पादन सोचेजस्तो नबढेतापनि कृषकहरुको आय स्तरमा भने धेरै सुधार देखिएको उनले बताए । उनी भन्छन्, ‘फलफुल खेती अरु खेती जस्तो होइन, यसमा आम्दानी आउन समय लाग्छ ।

झन् सुन्तला जात फलफुल खेती गर्न धेरै धैर्यता चाहिन्छ ।’
परियोजना लागु भएपछि जिल्लामा सुन्तला जात फलफुल खेती गर्ने क्षेत्रफल बढेको कार्यालयको दाबी छ । परियोजनाले कृषकहरुलाई सिंचाईका पूर्वाधार विकासमा मद्दत पु¥याउँछ । पुरानो बगैँचा व्यवस्थापन गर्न र नमुना बगैँचाको निर्माणमा पनि जोन कार्यक्रमले सहयोग गर्ने कार्यालयले जनाएको छ । यो परियोजना लागु भएसँगै जिल्लामा सुन्तला जात फलफुल खेती गर्ने किसानको संख्या बृद्धि भएको सूचना अधिकारी पौडेलको दाबी छ ।

सुन्तलाको उत्पादन बढाउन कार्यालयले पुरानो बगैचा व्यवस्थापन कार्यक्रम लागू गर्दै आएको छ । जस अन्तरगत सुक्ष्मतत्व, रोगनाशक बिषादी, प्राङ्गारिक मल लगायतका कार्यक्रममा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । त्यस्तै पुरानो बोट काटेर नयाँ रोप्नेलाई ५० प्रतिशत रकम उपलब्ध गराउँदै आएको छ । कार्यालयले किसानहरुलाई बिरुवा र कृषि उपकरणमा ५० प्रतिशत र सिंचाईमा ८५ प्रतिशत अनुदान दिदैँ आएको कार्यलयका सूचना अधिकारी पौडेलले बताए ।

कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन देशैभर जोन, सुपर जोन, पकेट र ब्लक बनाएर कृषक र कृषिको जीवनस्तर उकास्ने उद्देश्यले २०७३ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अघि सारिएका हो । जसअन्र्तगत आर्थिक वर्ष २०७४÷७५ देखि १० वर्षे आयोजनाका रुपमा गोरखामा यो आयोजनालाई सञ्चालन गर्दै आएको छ । यो आयोजनामा संघ सरकारले एक खर्ब ३० अर्ब ७४ करोड ३० लाख खर्च गर्ने लक्ष्य राखेको छ । जसअन्र्तगत गोरखा जिल्लाको पाँच पालिकाहरुलाई समेटेर सुन्तला उत्पादनको जोन घोषणा गरेर कार्यक्रम अघि बढाएको छ ।

संघ सरकारले आयोजना सुरु गरेको वर्ष २०७४÷७५ मा जिल्लाको सुन्तला जोनका लागि भनेर ३० लाख रकम बिनियोजन गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ का लागि एक करोड १७ लाख, आ व २०७६÷७७ का लागि दुई करोड २५ लाख २० हजार, आ व २०८७÷७८ का लागि एक करोड १९ लाख, आ व २०७८÷७९ का लागि ८७ लाख ४९ हजार, आ व २०७९÷८० का लागि एक करोड ४८ लाख रुपैँया रकम विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले जिल्लाको सुन्तला जोनको बृद्धि बिकासका लागि भन्दै एक करोड ३ लाख रुपैँया रकम बिनियोजन गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्