
सडकमा बजेट थपियो, काम उल्लेख्य होओस्
अरु जिल्लाका लागि भन्दा गोरखाका लागि बजेट अत्याधिक विनियोजन भएको भन्दै अरु जिल्लाका बासिन्दाले आरोप लगाउने गरेका छन् । प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, सभामुख लगायत उच्च पदासिनहरु गोरखामा भएर पनि हुनसक्छ, अरु जिल्लाका बासिन्दाले अनुमानका भरमा गोरखा जिल्लालाई मिथ्या आरोप लगाएका ।
गोरखाका लागि खासै धेरै बजेट विनियोजन भएको छैन । प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, सभामुख लगायत उच्च पदासिनहरु गोरखाकै भए जस्तो गरी गोरखाका लागि बजेट यथेष्ट आएको छैन ।
बरु गोरखाका बासिन्दाले भने यति ठूलो पदमा गोरखाका यति धेरै जनप्रतिनिधि भएका बेला जति कार्यक्रम तथा बजेट पर्नुपथ्र्यो, जति विकास हुनुपथ्र्यो, त्यति हुन नसकेको गुनासो गर्दै आएका छन् । यही बीच गोरखाका चार सडकका लागि बजेट पुन बढेर आएको छ । आर्थिक बर्षको छ महिनापछि आइतबार गोरखाका लागि ५० करोड रुपैयाँ थप भएर आएको जानकारी आयो । कसको पहलमा बजेट बढ्यो भन्नेमा जस लिन खोसाखोस भएको छ । जे जसरी बढे पनि, जसको पहलमा बढे पनि त्यो ठूलो कुरा होइन, अब बढेको बजेटले छिटो भन्दा छिटो योजनाको काम अघि बढोस् ।बिगतको अभ्यास हेर्दा पनि बजेट भएका कार्यक्रमको पनि कार्य प्रगति भएको देखिएका थिएनन् ।
बजेट अत्याधीक फ्रिज भएका थिए । अथवा भएका काम पनि गुणस्तरहीन भएका थिए । अबका दिनमा यस्ता अप्रिय गतिविधि नभई, प्रधानमन्त्रीको जिल्ला, मुख्यमन्त्रीको जिल्ला, गृहमन्त्रीको, सामाजिक विकास मन्त्री, सभामुखको जिल्ला भन्न मिल्ने गरी काम होओस् । बजेट बढ्नु मात्र खुशीको कुरा होइन, काम गर्ने सामथ्र्य राख्नु, गुणस्तरीय काम गर्नु पनि खुशीको कुरा हो ।




