| सोमवार, कार्तिक २३, २०८३

विभिन्न पार्टीका केन्द्र, जिल्ला तथा प्रदेश तहका नेता एमाले प्रवेश

विभिन्नमा पार्टीका जिल्ला कमिटी तथा प्रदेश कमिटीमा आवद्ध ४० जना नेता तथा कार्यकर्ताहरु नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनीहरुले पार्टी परिर्वतन गरेका हुन् । एमाले प्रवेश गर्नेमा धेरै नेपाल समाजवादी पार्टीका नेता, कार्यकर्ता रहेका छन् । सो पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पराजुलीले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । उनलाई केही दिनअघि मात्रै नेपाल समाजवादी पार्टीले कारबाही फुकुवा गरी पार्टीमा क्रियाशील गराएको थियो ।

यस्तै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य दिवस खड्का पनि एमालेमा प्रवेश गरेका छन् । नेपाल समाजवादी पार्टीकै गण्डकी प्रदेश सदस्य तथा गोरखा नगरपालिका कमिटीका इन्चार्ज उपेन्द्र देवकोटा, नेपाल समाजवादी पार्टी(नेसपा) संवद्ध युवा संघका केन्द्रीय उपाध्यक्ष बासु भट्ट, नेसपा युवा संघकै केन्द्रीय सदस्य गणेश अधिकारीले पनि पुरानो पार्टी तथा संगठन परित्याग गरी एमालेमा प्रवेश गरेका एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।

शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, नेसपा जस्ता पार्टीमा अवद्धहरु ४० जनाले आफ्नो पुरानो पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका अध्यक्ष गुरुङले बताए ।नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि पार्टीका महासचिव शंकर पोखरेलले नवप्रवेशीहरुलाई विधिवत सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्