
गोरखा झल्कियो(गजल)
पहाड उच्च शैलमा, मनास्लु टल्ल टल्कियो
समग्र गोरखा अहा, खुलस्त सङ्ग झल्कियो
हिमाल छन् पहाड छन्, विशाल टारका गरा
हराभरा छ फाँट झन्, मकै र धान हल्कियो
सुगन्ध छर्न बेसरी , कुदेर मिर्ग डुल्दछन्
जलाम्य ताल कुण्ड ती, चलेर सुस्त छल्कियो
गुराँस फुल्दछन् यहाँ, बसन्त मुस्कुराउँदा
प्रसन्न हुन्छ मन् यतै, खुशी भएर पल्कियो
उभिन्छ रङ्गमञ्चमा, लजालु छैन गोरखा
नवीनता छ सोचमा, मनुष्य साथ ढल्कियो
चिरञ्जीवी दाहाल
तान्द्राङ ३ गोरखा।




