| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पतालको निमित्त मेसु बने डाक्टर सिद्धार्थ खनाल

रिक्त रहेको गोरखा अस्पतालको मेडिकल सुपरीटेण्डेण्ट(मेसु)मा डाक्टर सिद्धार्थ खनाल चयन भएका छन् ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आइतबार खनाललाई अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकेको हो ।

यसअघिका निमित्त मेसु हरिकुमार श्रेष्ठ विवादका कारण सरुवा भएपछि सो पदमा डा. खनाल चयन भएका हुन् ।
उनी प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएको कन्सल्टेण्ट अर्थोपेडिक सर्जन नवौं तहका डाक्टर हुन् ।

अस्पतालमा सिनियर माथिल्लो तहको कर्मचारी उपस्थित नहुँदासम्मको लागि र सिनियर÷माथिल्लो तहको स्थायी कर्मचारी हाजिर भएमा स्वतः जिम्मेवारी परिवर्तन गर्ने गरीे कार्यालयको दैनिक प्रशासनिक एवं आर्थिक क्रियाकलाप समेत सञ्चालन गर्ने गरी खनाललाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्