| बिहिबार, बैशाख १६, २०८३

पत्रकार श्रेष्ठले बनाएको वृत्तचित्र लाई भारतमा अवार्ड

भारतको बनारसमा आयोजित संस्कृति र पर्यटन सम्वन्धी लघु चलचित्र महोत्सवमा पत्रकार भीमलाल श्रेष्ठले निर्माण गरेको जोगीको फेरी परम्पराले अवार्ड जितेको छ ।

महोत्सवमा प्रदर्शनका लागि छनौटमा परेका ४४ देशका ९४ फिल्महरु मध्ये पत्रकार श्रेष्ठले निर्माण तथा निर्देशन गरेको वृत्तचित्रले जोगीको फेरी परम्पराले उत्कृष्ट १५ मध्येको अवार्ड हात पारेको हो । श्रेष्ठ लाई एक समारोह बीच आयोजक संस्थाका अध्यक्ष देवन्द्र खंडेलवालले अवार्ड प्रदान गरेका थिए ।

विश्वका १ सय १५ देशबाट ३ हजार २ सय १२ फिल्म मध्ये बाट ९४ फिल्म छनौटमा परेको थियो । अन्तिम प्रतिष्पर्धाका लागि छनौटमा परेका ९४ फिल्म भित्र पत्रकार भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेको जोगीको फेरी परम्परा र मकै विवाह दुवै वृत्तचित्र परेको भए पनि अवार्ड भने जोगीका फेरी परम्पराले प्राप्त गरेको हो ।

बाराणसी स्थित जिल्ला आयुक्त समाहलमा गत मंसिर १५, १६ र १७ गते भएको उक्त चलचित्र महोत्सवमा भारतीय चलचित्रहरु अमृत मन्थनले सर्वोकृष्ट चलचित्र अवार्ड, दुर्गा पुजाले नेशनल फिल्म अवार्ड, चलचित्र अंगोलाले जुरी अवार्ड , यज्ञगानाले ऐनिमेटेड फिल्म अवार्ड र इरानी चलचित्र दुबई दि मिडल बिटिंग हर्ट पर्यटन अवार्ड हात पारेको छ । अन्तिम छनौटमा परेका उत्कृष्ट २० चलचित्र लाई पनि अवार्ड प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्