| मङ्लबार, कार्तिक २४, २०८३

भीमसेन थापा गाउँपालिकाका उत्कृष्ट महिला स्वयमसेविका सम्मानित

भीमसेन थापा गाउँपालिकाका भित्रका आठ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविका सम्मानित भएका छन् । २० औँ महिला सामुदायिक स्वयमसेविका दिवसको अवसर पारेर पालिकाले उनीहरुलाई सम्मान गरेको हो ।

हरेक वडाबाट एक÷एक जना उत्कृष्ट स्वास्थ्य स्वयमसेविका छनोट गरी सम्मान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।

सम्मानित हुनेहरुमा वडा नं १ बाट कविता बानियाँ, २ बाट मुना सोडारी, ३ बाट सावित्रा भट्ट र ४ बाट मेलिना लामिछाने रहेका छन् । यस्तै, वडा नं ५ बाट कल्पना भट्ट, ६ बाट अक्सना खातुन, ७ बाट मिना श्रेष्ठ र ८ बाट सानुमाया थापा रहेको खनालले जानकारी दिए ।

उनीहरुलाई नगद एक÷एक हजार सहित प्रमाणपत्रले सम्मान गरिएको बताइएको छ । वडास्तरीय स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा गरेको कामका आधारमा छनोट गरी उनीहरुलाई सम्मान गरिएको पालिकाले जनाएको छ ।

सोहि अवसरमा अन्तर वडा स्तरीय स्वयमसेविकाहरुको हाजिरीजवाफ प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा प्रथम भएको वडा नं ५ ले नगद रु ६ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । द्धितीय भएको वडा नं ३ ले नगद रु ४ हजार ५ सय, तृतीय भएको वडा नं ४ ले नगद रु ३ हजार र सान्त्वना भएको वडा नं ८ ले नगद एक हजार पाँच सय सहित प्रमाण पत्र पाएका छन् । गाउँपालिका भित्र हाल ५४ जना स्वयमसेविका कार्यरत रहेको पालिकाले जनाएको छ ।

पालिकाका अध्यक्ष लोकप्रसाद बन्जराको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख अमृतादेवी वस्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, वडा नं ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, महिला स्वास्थ्य स्वयमसेविका जानुका केसी, सीता भन्तना लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्