| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखाबाट एक गर्भवती महिलाको हेलिमार्फत उद्धार

उत्तरी गोरखाको चुमनुब्री गाँउपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

वडा नम्वर ७ लारकी ४१ वर्षीया पासाङ छुजोम लामालाई सोमबार करिब ३ बजेतिर नेपाली सेनाको हेलीमार्फत उद्धार गरिएको स्थानीय दावा ग्याल्जेन लामाले बताए ।

‘चार पाँच दिनदेखी व्यथाले च्यापेपनि डेलिभरी हुन सकेको थिएन,’ उनले भने, ‘बच्चा पाउन समस्या भएपछि हेलिमार्फत उद्धार भएको हो ।’ राष्ट्रपती महिला उत्थान अन्तरगत दुर्गम क्षेत्रका गर्भवतीको स्वास्थ्य उपचार कार्यक्रम मार्फत लामाको उद्धार गरिएको उनले जानकारी दिए । यो पटक भने समयमै उद्धार भएको उनको भनाइ छ ।

‘हामीले बिहान १० बजेतिर हेलिको लागी गोरखा प्रशासन, गृह मन्त्रालय र नेपाली सेनाको हेलीलाई खबर गरेका थियौं, करिव ३ बजे तिर हेलि आयो ।’ लामालाई उद्धार गरेर काठमाण्डौको थापाथलीस्थित प्रसुती गृहमा लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्