
पालुङटारका दुई वडामा शहरी स्वास्थ्य केन्द्र संचालन
पालुङटार नगरपालिका वडा नं २ र ३ मा शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । वडा नं २ को चापाभन्जाङ र ३ को डुम्रेडाँडामा स्थापना भएको केन्द्रको शनिवार उद्घाटन गरिएको छ ।
नगर प्रमुख विवश चिन्तनले एक कार्यक्रममा बिच केन्द्रको उद्घाटन गरेका हुन् । स्वास्थ्य सेवा लिन धेरै टाढा जानुपर्ने बाध्यता भएका स्थानीयको माग अनुसार केन्द्र स्थापना गरिएको नगरपालिकाका नगर स्वास्थ्य अधिकृत कृष्ण अधिकारीले बताए ।
सबै स्थानीयहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले केन्द्र स्थापना गरिएको उनको भनाइ छ । शहरी स्वास्थ्य केन्द्रबाट स्थानीयहरुले प्राथमिक उपचार सेवा, गर्भवती जाँच, कुषोषणका कार्यत्रम, परिवार नियोजनका सेवा लगायतका सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।
केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी रहने छन् । कार्यक्रममा नगर प्रमुख चिन्तन, उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।




