
गोरखा अस्पतालको ओपिडी सेवा सुरु
गोरखा अस्पतालको बन्द रहेको ओपिडी सेवा सूचारु भएको छ । बिहिवार सार्वजनिक सूचना जारी गर्दै अस्पताल प्रशासनले बिहिबारबाटै सेवा सुचारु गरिएको जनाएको छ ।
देशको बिभिन्न स्थानमा कार्यरत स्वास्थ्यकर्मीमाथी हातपात, आक्रमण तथा अभद्र व्यवहार भएको भन्दै अस्पतालमा कार्यरत चिकित्सकहरु गत मंगलबारदेखी ओपिडी बन्द गरेर आन्दोलित थिए ।
आन्दोलनका कार्यक्रमहरु स्थगित भएकाले बन्द रहेको ओपिडी सेवा शुरु गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।




