
नेपाल रेडक्रसद्धारा बालमन्दिर माविमा अध्ययनरत अनाथ बिद्यार्थीलाई खाद्यान्न सहयोग
गोरखा नगरपालिका–६ छहरेस्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बिद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
६१ औ स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले उनीहरुलाई खाद्यान्न सहयोग गरेको हो ।
मंगलवार बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच शाखाका सभापति यदुविलास भट्टराईले विद्यालयका प्रधानाध्यापक शिव थापालाई खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।




