
सहिदलखनमा बाल केन्द्रित सक्रिय शिक्षण सिकाई तालिम सम्पन्न
सहिद लखन गाउँपालिकामा कार्यरत २४ जना शिक्षकहरुलाई बाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम दिएको छ । एकिकरण नेपाल गोरखाको व्यवस्थापन जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा तालिम दिएको हो ।
दुई चरणमा सम्पन्न उक्त तालिममा सहिद स्मृति माध्यमिक विद्यालय, रामेश्वरी माध्यमिक विद्यालय, चण्डिका आधारभुत विद्यालय र राम्चे आधारभुत विद्यालयवाट विद्यालयको प्राथमिक तहमा अध्यापनरत शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिममा प्रभावकारी बाल केन्द्रित शिक्षण विधिहरु, प्रभावकारी शिक्षण विधिहरु, रचनात्मक सिकाई, गणित विषय पढाउन, प्रस्तुतीकरण सीप, परिचय कला, शिक्षण सामग्रीको निर्माण तथा मुल्याङ्कन वारेमा जानकारी दिइएको थियो । एकिकरण नेपाल गोरखाको उक्त विद्यालयमा शिक्षण सिकाई र वालवालिकाको पढाईलाई लक्षित गरि शैक्षिक गतिविधिहरु सचालन साथै रामेश्वरी माध्यमिक विद्यालयको भवन निर्माण गरिरहेको एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।
तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश बाबु थापामगरले स्थानिय श्रोत तथा सामग्रीबाट कम खर्चिलो तथा विना खर्चमा सिकाई सामग्री निर्माण र त्यसको व्यवहारिक प्रयोगले सिकाईमा गुणात्मक उपलव्धी हँािसल हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमममा चाइल्डफण्ड जापानका एरिया व्यवस्थापक आयरी होण्डाले गुणस्तरिय शिक्षाले ज्ञान आर्जनमा मात्र सहयोग नगरी समग्र विकासको लागि आधारशिला भएको बताइन् ।
एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहिद लखन गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल, चाइल्डफण्ड जापानका परियोजना संयोजक कृष्ण शरण डंगोल, एकिकरण नेपालका परियोजना संयोजक ईश्वर घिमिरे लगायतको उपस्थिति रहेको थियो । तालिमलाई श्रोत व्यक्ति उत्तम दाहाल र सोनी पौडेल तामाङले सहजीकरण गरेका थिए ।




