
हंसपुरका महिला स्वयं सेविकालाई स्टेचर वितरण
अजिरकोट गाउँपालिका–३ हंसपुरका महिला स्वयं सेविकाहरुलाई स्टेचर वितरण गरिएको छ । मुटु फाउन्डेशन नेपाल, मनोज एसोसियशन फ्रान्स र सोलिड अप पेरिसको आर्थिक सहयोग र अजिरकोट गाउँपालिकाको सहकार्यमा स्टेचर वितरण गरिएको हो ।
मुटु फाउन्डेसनद्वारा संचालित आमाको माया परियोजना अन्तर्गत ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको कुनै दुर्घटना हुदाँ सहज र सरल तरिकाले विरामीको समयमा उद्वार गरी स्वास्थ्य केन्द्रसम्म समयमा नै उपचारको लागि लैजान सहज पुगोस् र सार्वजानिक संस्थाहरुबाट सर्वसाधारण जनताहरुलाई दिने सेवामा थप सहयोग पुगोस् भन्ने मुल उद्देश्यले सो स्टेचर वितरण गरिएको फाउन्डेशनका अध्यक्ष धनबहादुर गुरुङले बताए ।
अजिरकोट गा.पा. भित्र रहेका स्वास्थ्य चौकीहरु, स्वास्थ्य ईकाहरु र सम्पूर्ण महिला स्वयम्सेविकाहरुलाई स्टेचर वितरण गर्ने कार्यक्रम अन्तर्गत शनिबार भच्चेक आधारभूत अस्पतालमा हंसपुरका महिला स्वयंसेविकालाई स्टेचर वितरण गरिएको उनले जानकारी दिए ।
वडा नं ३ का वडा अध्यक्ष बावुराम अधिकारीको अध्यक्षतामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वस्ती, स्वास्थ्य संयोजक ठाकुरप्रसाद भट्ट, अस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो ।




