| शनिबार, अशोज १६, २०८३

रत्नलक्ष्मी माविको विव्यस अध्यक्षमा आचार्य

गोरखा नगरपालिका–८ डुम्रिडाँडास्थित रत्नलक्ष्मी माविको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

शनिवार भएको अभिभावकहरुको भेलाले रामचन्द्र आचार्यको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा आशमान गुरुङ, हरिमाया थापा, संगीता भट्ट र मनिषा बस्न्यात खत्री चयन भएका छन् ।

सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक साधना त्रिपाठी रहेकी छन् । समितिहरुमा वडा, पालिका र शिक्षक प्रतिनिधिबाट एक÷एक जना पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

वडा, पालिका र शिक्षकहरुबाट प्रतिनिधि छनौट गर्न बाँकी रहेको विद्यालयले जनाएको छ । गोरखा नगरपालिकाको शिक्षा शाखा अधिकृत चन्द्रबहादुर खड्काको संयोजकत्व तथा वडा अध्यक्ष ऋषिराम खत्रीको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्