
आँखा पाक्ने रोग निको भएपछि मात्र राष्ट्रिय परिचयपत्र बनाउन आग्रह
देशभर आँखा पाक्ने रोग फैलिएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहमा सर्तकता अपनाएको छ ।
मंगलवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले आँखा पाक्ने समस्या भएका सेवाग्राहीलाई समस्या निको भएपछि मात्र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन आउन आग्रह गरेको छ ।
आँखा पाकेका व्यक्तिहरुको आँखाको रेटिना स्क्यान गर्दा अन्य व्यक्तिहरुमा पनि सर्न सक्ने र रेटिना स्क्यानमा पनि समस्या हुने भन्दै प्रशासनले उक्त आग्रह गरेको हो । अन्य सेवाग्राहीलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन प्रशासनले आग्रह गरेको छ ।




