| मङ्लबार, कार्तिक २४, २०८३

२८ जनाको मोतियाबिन्दूको शल्यक्रिया सम्पन्न

लायन्स आँखा सेवा केन्द्रमा आइतवार २८ जनाको आँखाको मोतियाविन्दूको शल्यक्रिया सम्पन्न भएको छ । केन्द्रको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा संचालित तीन दिने शिविरमा उनीहरुको शल्यक्रिया गरिएको हो ।

शुक्रवारदेखि आइतवारसम्म संचालित शिविरमा १७ जना महिला र ११ पुरुषको मोतियाविन्दूको शल्यक्रिया गरिएको केन्द्रका प्रशासकीय अधिकृत बिश्वप्रकाश अर्यालले बताए ।

शल्यक्रिया हुनेमा गोरखा नगरपालिकाका ६ जना र अन्य स्थानीय तहका २२ जना रहेका थिए ।

गोरखा नगरपालिकावासीको निशुल्क शल्यक्रिया गरिएको अर्यालले जानकारी दिए । ‘नगरवासीको निशुल्क शल्यक्रिया गर्ने भनेर हामीले हिजो नगरपालिकासँग सम्झौता गरिसकेका छौ,’ उनले भने, ‘त्यसैले नगरवासीको निशुल्क ग¥यौ, बाँकीको शुल्क लियौँ ।’

मोतियाविन्दूको शल्यक्रिया, औषधी र चश्मा गरी करिव ४ हजार पाँच सय शुल्क लिने गरेको उनले बताए । समुदायमा ब्यापक रुपमा आँखा पाक्ने रोग फैलिरहेकाले सावधानी अपनाउन उनले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्