
सावधान, तपाईँको ‘ओटिपी कोड’ मागेर वैँकको रकम गायब पार्लान् !
विकाश मरहट्टा :
तपाईँलाई अपरिचित नंबरबाट फोन गरेर कुनै व्यक्तिले वैँकको खाता नंबर र ओटिप नंबर माग्ला नि, सावधान रहनुस् । तपाईँको खाता नंबर, ओटिपी कोड नंबर लगायतका व्यक्तिगत गोप्य नंबरहरु मागेर वैँकको रकम चोर्ने गिरोह अहिले निकै सक्रिय छन् ।
हालसालै केही यस्ता नमिठा घटना भएका छन् ।
गत आइतवार दिउँसो करिव चार बजे उनको मोवाइलमा नयाँ नम्वरबाट फोन आयो । उनले फोन रिसिभ गरिन् । उताबाट ‘म एनएमवी वैँकबाट बोलेको, हजुरको खाता पुरानो भएछ रिन्यू गर्नुप¥यो’, भनेर खाता नम्वर माग्यो । बैंककै फोन होला भन्दै गोरखा नगरपालिका–६ पाटेचौरकी ती महिलाले सहजै आफ्नो खाता नम्वर दिइन् ।
फोन गर्ने व्यक्तिले मोवाइलमा ‘ओटिपी कोड’ आउँछ मलाई पठाउनुहोला भनेर फोन राख्यो । केही बेरमा ती महिलाको मोवाइलमा ‘ओटिपी कोड’ आयो र तीनले एसएमएसमार्फत ती व्यक्तिलाई पठाइन् । अनि ती व्यक्तिलाई फोन गरिन् । नम्वर बिजी देखायो । वैँकको अफिसियल नम्वरमा फोन गरेर कोड नम्वर पठाएको छु भनी जानकारी गराइन् । वैँकको मान्छे अलमल पर्दै किन ? भनेर प्रश्न गरेपछि उनी झसंग भइन् । त्यतिबेलासम्म उनको खातामा रहेको १ लाख ३ हजार ९ सय ८० रकम गायव भइसकेको थियो ।
‘वैँकको मान्छेसँग फोन भएलगतै म वैँक पुगेँ,’ उनले भनिन्, ‘वैँक पुगेर हेर्दा मेरो खाताको सबै पैसा झिकेको देखायो ।’ एनएमवीबाट मेगा, प्रभु हुदैँ ग्लोवल आइएमी वैँकमा उक्त रकम ट्रान्सफर भएको देखिएको उनले बताइन् । उनका अनुसार उक्त रकम अहिले ‘होल्ड’ गर्न लगाइएको छ । आफ्नो वैँक एकाउण्टलिक गरेर रकम निकालेको भन्दै उनले प्रहरीमा उजुरी समेत दिएकी छन् ।
उनी मात्र होइन केही दिनअघि मात्रै अजीरकोट गाउँपालिका–३ लप्सीबोटका एक पुरुष पनि यसरी नै ठगिएका छन् । एनएमवी वैँकबाट बोलेको भन्दै फोन गरेर खाता नंम्वर मागेपछि उनले पठाए । हिसाव मिलेन भन्दै मोवाइलमा आएको कोड पठाउन भनेपछि उनले त्यसै गरे । केही क्षणमै उनको खातामा भएको सबै रकम सकियो । ‘केहीबेर अघि मात्रै बैंक पुगेर खाताको केही रकम निकालेर ल्याएको थिएँ,’ उनले भने, ‘फोन गरेर हिसाव मिलेन तपाइको मोबाइलमा एउटा नम्वर पठाएको छु मलाई पठाउनुप¥यो भन्यो, मैले होला भनेर पठाइदिएँ । केहीवेरपछि त खाताको सबै रकम झिकेछ ।’ खातामा रहेको २६ हजार ९ सय ५० रुपैया गायव भएको उनले जानकारी दिए ।
पैसा गायव भएको थाहा पाएपछि उनले वैँकमा फोन गरे । रकम ज्योति विकास वैँकमा जम्मा गरिएको थाहा पाए र प्रहरीमा उजुरी दिए । मोवाइल एप्स नभएको र चेकबाट मात्रै कारोवार गर्दै आएपनि कोडबाट खाता कसरी ह्याक भयो भन्नेमा उनी अन्यौलमा छन् । बैंकमा बुझ्दा ओटिपी कोडा दिनु नै ब्लाइन्ड चेकमा सही गरे वरावर हुने बताइएको उनको भनाइ छ ।
खाता ह्याक गरेर रकम झिकिएको भन्दै हालसम्म जिल्ला प्रहरी कार्यालयमा चार जनाको उजुरी परिसकेको छ ।
गोरखा नगरपालिकाबाट दुईवटा र भीमसेन थापा र अजिरकोट गाउँपालिकाबाट एक÷एक जनाको उजुरी परेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । यस्ता घटना बढ्दै गएकाले सजग रहन उनले आग्रह समेत गरेका छन् । ‘बैंकबाट फोन गरेको भन्दै पहिले खाता नम्वर माग्ने, अनि मोवाइलमा कोड नंबर पठाएको छु मलाई पठाउनु भन्ने अनि कोड आएपछि खातामा भएको सबै रकम झिकेर लाने गरेको पाइएको छ, यसरी नै कसैले फोन गरेमा सतर्क हुनुहोला,’ डिएसपी श्रेष्ठले भने । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




