
निशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर दुई सय भन्दा बढीले सेवा लिए
बारपाक सुलिकोट गाउँपालिका वडा नं १ स्वास्थ्य चौकीमा भएको शिविरको पहिलो दिन दुई सय भन्दा बढीले सेवा लिएका छन् । वडा नं १ को वडा कार्यालयको आयोजना, बारपाक सामुदायिक वन उपभोक्ता समतिको सहआयोजना तथा गोरखा अस्पताल, ग्रिन सिटी हस्पिटलको प्राविधिक सहयोग र मुटु फाउन्डेशन, मनोज एसोशियसन, नमस्ते फ्रान्स ग्रेनोबल युनिभर्सिटीको आर्थिक सहयोगमा दुई दिने शिविर विहिबारबाट सुरु भएको हो ।
पालिकाका अध्यक्ष विष्णु भट्टले उद्घाटन गरेको शिविरको पहिलो दिन दुई सय १ जनाले सेवा लिएको शिविरका संयोजक धनबहादुर गुरुङले बताए । जसमध्ये ७१ जनाले ल्याब सेवा, एकसय ७० जनाले सुगर परिक्षण र ४५ जनाको इसिजी परिक्षण गरिएको उनले बताए । विहिबारबाट सुरु भएको शिविर शुक्रबारसम्म चल्नेछ ।
बारपाक सुलिकोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष धनबहादुर घलेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, वडा न. २ का वडा अध्यक्ष पुर्णबहादुर गुरुङ, सामुदायिक वनका अध्यक्ष तुलबहादुर गुरुङ, पालिकाका स्वास्थ्य संयोजक कृष्ण भट्ट, गोरखा अस्पतालका स्त्री रोग विशेषज्ञ दीक्षा पौड्याल, मेडिकल अफिसर तथा अल्ट्रासोनोलोजिष्ट डा आउइस भण्डारी, डा अनुरुद्र थपलिया, ग्रिनसिटी अस्पतालका डा निदान रावल र डा रोशन भक्ति, धन बहादुर गुरुङ, अध्यक्ष मुटु फाउन्डेशन, नमस्ते फ्रान्स ग्रेनोबल युनिफर्सिटीका मेडिकल विद्यार्थीहरुको समूह लगायतका स्थानीयहरुको सहभागिता रहेको थियो ।




