| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकामा विवादकै बिच सालिक निर्माण कार्यको बिलभरपाई सदर

लामो समयको विवादकाबीच गोरखा सदरमुकामको ठुलोआँगनमा पृथ्वी नारायण शाहको सालिक निर्माण कार्यको बाँकी रकमको बिल भरपाई पास भएको छ । गोरखा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले बिल भरपाई सदर गर्दै कागजातमा हस्ताक्षर गरेपछि पास भएको हो ।

अनुमानितभन्दा दोव्वर रकमको बिल पेश भएपछि हालका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले बिल भरपाई सदर गर्न अस्विकार गरेका थिए । करिव २० देखि २२ लाखसम्मको खर्च अनुमान नगरपालिकाले गरेपनि ४३ लाखको बिल भरपाई पेश भएको थियो ।

आवश्यक कागजात नभएको कार्यक्रमको बिलभरपाई सदर गर्न पुनले अस्वीकार गरेपछि नगरपालिकाले हालसालै त्यतिबेलाको मिति राखेर कागजात तयार गरी काठमाण्डौ पुगेर तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ढकालको हस्ताक्षर गराएर ल्याएका हुन् ।

१५ लाख यसअघि भुक्तानी भइसकेको र २८ लाख रकम भुक्तानी गर्न बाँकी रहेको हालका प्रमुख प्रशासकीय अधिकृत पुनले बताए । ‘म नआउँदै शालिक निर्माण वापतको १५ लाख रकम भुक्तानी भइसकेको रहेछ,’ उनले भने, ‘बाँकी रकम भुक्तानीका लागी बिल भरपाईमा यसअघिका प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरी सदर गरेर पठाउनुभएको छ, त्यसमा केही काटछाट गरेर भुक्तानी गर्छाै,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्