| मङ्लबार, कार्तिक २४, २०८३

छेवेटारमा ४७ जनाको रगतबाट कलेजो परीक्षण

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा कलेजो परीक्षण गर्ने निशुल्क शिविर सम्पन्न भएको छ । रगतबाट कलेजो परीक्षण गर्ने सो शिविरमा ४७ जनाले सेवा लिएका छन् ।

लायन्स क्लव अफ गोरखा दरौदीको आयोजना तथा मनकामना मेडिकलको प्राविधिक सहयोगमा शनिबार भएको कलेजो परीक्षण शिविरमा ४७ जनाले सेवा लिएको क्लवका अध्यक्ष कमलनारायण श्रेष्ठले बताए ।

स्थानीय समुदायलाई सेवा दिने उद्देश्यले कलेजो परीक्षण शिविर संचालन गरिएको उनले बताए ।

स्थानीय समुदायमा कलेजो सम्बन्धी रोगीहरु छन कि छैनन भनेर पत्ता लगाउन शिविर संचालन गरिएको उनको भनाइ छ । विशेष गरेर मादक पदार्थ सेवन गरेको व्यक्तिको मुख्य प्राथमिकता दिएर शिविर संचालन गरिएको उनले जानकारी दिए । कलेजो परीक्षण गरिएको रिपोर्ट भने आउन बाँकी रहेको बताउदै रोग लागेको खण्डमा उनीहरु आफै पनि डाक्टरको गएर आवश्यक सल्लाह सुझाव लिन तथा उपचार गर्न सकिने उनले बताए ।

क्लवले विगतमा पनि आँखा परीक्षण शिविर लगायतका अन्य गतिविवि गर्दै आएको र विगतमा भन्दा आउँदा वर्षहरुमा नयाँ कार्यक्रम संचालन गर्ने जाने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

लायन्स क्लव अफ गोरखा दरौदीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्