| शनिबार, अशोज १६, २०८३

गोरखामा लोक सेवाको निःशुल्क पूर्व तयारी कक्षा सुरु

गोरखामा लोक सेवाको निःशुल्क पूर्व तयारी कक्षा सुरु भएको छ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा सोमबारबाट १५ दिने निःशुल्क पूर्व तयारी कक्षा सञ्चालन गरिएको हो ।

जनजाती समुदायबाट निजामती सेवामा प्रतिनिधित्व बढाउन तथा लोकसेवा तयारीमा रहेको विद्यार्थीहरुलाई थप सहयोग पुगोस् भन्ने उद्देश्यले १५ दिने निशुल्क लोक सेवाको पुर्व तयारी कक्षा संचालन गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद गोरखाका अध्यक्ष विष्णु रानामगरले बताए ।

उनका अनुसार कम्तीमा ४० जनाको सहभागीता गराउने भनिएकोमा पहिलो दिन ३३ जनाको सहभागी रहेको बताए । दोस्रो दिन देखि केही मात्रमा विद्यार्थी संख्या बढ्ने बताएको छ । हरेक सरकारी निकायमा आदीबासी जनजातीका छोरा छोरीको पहुँच पुगोस् भन्ने उदेश्यका साथ कक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।

जेठ २२ गतेबाटे सुरु भएको कक्षा असार ४ गते सम्म संचालन हुनेछ । अहिले दैनिक २ घण्टा दरले प्रशिक्षण दिइने बताएको छ । हाल खरिदार, नायब सुब्बाको तयारीमा रहेका विद्यार्थीहरुका लागि लोकसेवाको पुर्व तयारी कक्षा संचालन गराएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई उद्घाटन गर्दै गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले लोक सेवाको तयारी गरिरहेका विद्यार्थीलाई यस कक्षाबाट थप उर्जा मिल्ने बताए ।

कक्षालाई जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत तथा विभिन्न शाखाका प्रमुखहरुले प्रशिक्षण गराउने आयोजकले जनाएको छ ।

महासंघ जिल्ला अध्यक्ष रानाको अध्यक्षता तथा मेयर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला पुष्कर राना, चुमनुब्रीका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठ, अधिकारी आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका उपाध्यक्ष प्रेमध्वज थापामगर, सचिव दिनेश गुरुङ, तमु ह्युल छोंज धि गोरखाका अध्यक्ष राम बहादुर गुरुङ, नेवा देयदबु गोरखाका अध्यक्ष देवी प्रसाद श्रेष्ठ, नेपाल मगर महिला संघ गोरखाका उपाध्यक्ष नानुमाया थापामगर, नेपाल आदीवासी जनजाती महिला महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष मिना गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्