
निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रमको बजेट बाँडफाँट, ३८ योजनामा आठ करोड रकम बिनियोजन
जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्तरगतको बजेट बाँडफाँट गरिएको छ । आठ करोड रकम ३८ वटा योजनामा बाँडफाँट गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा चार प्रदेश सभा छन् । सोही प्रदेशसभाबाट निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरुले बिभिन्न योजना छनोट गर्दै रकम बाँडफाँट गरेका हुन् ।
निर्वाचन क्षेत्र नम्वर १ ‘क’ प्रदेशमा विनियोजित दुई करोड रकम १० वटा योजना बाँडफाँट गरिएको छ । प्रदेश सभा सांसद एवं गण्डकी प्रदेश सरकारका सभामुख कृष्ण धितालको सडक स्तरोन्नति, खानेपानी र भवनलाई प्राथमिकतामा राखेर बजेट बाँडफाँट गरेका छन् ।
गण्डकी गाउँपालिका वडा नं ६ मा फिस्लिङ आग्रिडाँडा सडक डे«न, मेसिनरी वाल निर्माण तथा सडक स्तरउन्नतिका लागि ५० लाख र सहिदलखन गाउँपालिका वडा नं १ बक्राङको गुर्दुम ठूलो दिप्लिङ सानो दिप्लिङ, डे«न मेसिनरी वाल निर्माण तथा सडक स्तरउन्नतिका लागि २५ लाख बजेट विनियोजन भएको छ । यी बाहेक अन्य अधुरा आठ वटा योजनामा एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सहिदलखन गाउँपालिका वडा नं ५ को भ्याकुरे खानेपानी आयोजना निर्माणमा २० लाख, सोही पालिकाको वडा नं ७ को खाब्दी भञ्ज्याङ तिवारी गाउँ ज्यादुल खोला सडक स्तरउन्नतिका लागि २० लाख, वडा नं ९ को खड्कागाउँ ठूलो पँधेरा खानेपानी आयोजनाका लागि १५ लाख रुपैया बजेट विनियोजन भएको छ । गोरखा नगरपालिका वडा नं ६ पाटेचौरमा सहिद प्रतिष्ठान भवन निर्माणका लागि २० लाख र गो.न.पा वडा न. ६ र ८ मा चालिसेचोक धनुवासे बराह बाइपास सडक स्तरउन्नति तथा ढलानका लागि १५ लाख बजेट विनियोजन भएको छ ।
गण्डकी गाउँपालिका १ मकैसिंङको माल्तपानी ठाडो गाउँ खानेपानी आयोजनाका लागि १५ लाख, वडा नं ६ भुम्लीचोकको बालकी सिंचाई आयोजनाका लागि १० लाख र वडा नं ५ दर्बुङको श्री रत्नेश्वरी मावि ट्रस निर्माणका लागि १० लाख रुपैया बजेट विनियोजन भएको छ ।
निर्वाचन क्षेत्र १ ‘ख’ प्रदेशमा पनि दुई करोड रकम दश वटा योजनामा विनियोजन गरिएको छ । प्रत्यक्ष निर्वाचित प्रदेश सांसद नन्दप्रसाद न्यौपाने र समानुपातिक सांसद सुशीला सिंम्खडाले योजना छनोट गर्दै रकम बाँडफाँट गरेका हुन् ।
सो प्रदेशसभामा भीमसेन थापा गाउँपालिका वडा न. ७ मा ज्यादुल खोला मोटरेबल पुल निर्माण योजनाका लागि ३५ लाख, भीमसेन थापा वडा नं ४ मैदानदेखि प्रभात स्कुल जाने मोटरबाटो ढलान योजनाका लागि २५ लाख र धार्चे गाउँपालिका वडा नं ७ मा लापुबेसीदेखि लापु गाउँ हुदै गुम्दा जाने मोटरबाटो स्तरउन्नति योजनामा ५० लाख बजेट विनियोजन भएको छ ।
आरुघाट गाउँपालिका वडा नं ३ को केवरपानी स्वाँरागाउँ निबोट सडक स्तरउन्नति योजनाका लागि २० लाख, धार्चे गाउँपालिका वडा नं ४ लाप्राकको पुरानो गाउँ खानेपानी योजना निर्माणका लागि १५ लाख र भीमसेन थापा गाउँपालिका वडा नं ६ को मण्डली थान खेलकुद मैदान स्तरउन्नतिका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
यस्तै, आरुघाट गाउँपालिका वडा न. २ को डाँडाटोल खेल मैदान निर्माण योजना र वडा न. ६ को अलैचे बरामगाउँ खानेपानी निर्माण योजनाका लागि १०÷१० लाख, चुमनुब्री गाउँपालिका वडा नं ३ को भालुवनपार्क साथै गोरेटो बाटो निर्माण योजनामा १५ लाख र सोही वडामा पर्ने विकास प्रा.वि घेरबार÷तारबार निर्माण योजनामा १० लाख रुपैया बजेट विनियोजन भएको जनाएको छ ।
निर्वाचन क्षेत्र २ ‘क’ प्रदेशमा पनि दुई करोड रकम दश वटा योजनामा बाँडफाँट गरिएको छ । प्रदेश सांसद फणीन्द्र देवकोटाले सडक स्तरोन्नती, खेलमैदान र भवनलाई मुख्य प्राथमिकता दिदै योजना छनोट गरेर बजेट विनियोजन गरेका छन् । उनले छनोट गरेका योजना दश देखि पचास लाखसम्मका छन् । पालुङटार नगरपालिका वडा नं ३ मा मध्यपहाडी लोकमार्गबाट समिफेद–वडा कार्यालय डुम्रे–आँपपिपल खण्ड सडक स्तरउन्नतीका लागी ५० लाख, पानपा १० मा ज्योर्ति चौताराबाट सुपारे–पोखरेल गाउँ–महादेव थान जाने सडक स्तरउन्नतीका लागि २० लाख र पानपा १ मा सुन्दरखोला–अन्नपुर्ण मन्दिर–अन्नपुर्ण स्कुल–वडा कार्यालय सडक स्तरउन्नतीका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।
पानपा ८ को दलित भवन निर्माणका लागि १५ लाख, पानपा वडा नं ५ मा माझटार खेल मैदान स्तरउन्नतीका लागि २५ लाख, पानपा वडा नं ९ मा गैरी चौर खेलकुद मैदान निर्माणका लागि १५ र पानपा वडा नं ४ मा छापथोक–माल्तीगैरा–पैरास्कुलका लागि १५ लाख बजेट विनियोजन भएको प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले जानकारी दिए । गोरखा नगरपालिका वडा न. ९ को ट्क्सार थानी गैरीछाप खानेपानी भवनका लागि १० लाख, गोनपा ११ मा दरौदी कृषि सहकारी अधुरो भवन निर्माणका लागि १० लाख र गोनपा १३ मा भ्यागुतो खोला कल्भर्ट निर्माणका लागि २० लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र २ ‘ख’ प्रदेशबाट विजयी सुरेन्द्रराज पाण्डेले दुई करोड रकम आठ वटा योजनामा विनियोजन गरेका छन् । उनलेसडक स्तरोन्नती, खेलमैदान निर्माण, तटबन्ध र खानेपानी योजनालाई मुख्य प्राथमिकता दिएका छन् । छनोट भएका योजना २० देखि ५० लाखसम्मका छन् ।
सिरानचोक गाउँपालिका वडा नं ४ भंडारे क्षेत्रको भुसुन्डी खोला तटबन्धका लागि २० लाख, अजिरकोट गाउँपालिका वडा नं ४ का हिमचुली नव युवा क्लव खेल मैदान निर्माणका लागि २५ लाख र बारपाक सुलिकोट गाउँपालिका वडा नं १ को हिमालय माध्यमिक विद्यालय खेल मैदान नाली, रिटनिङ वाल निर्माणका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, बारपाक सुलिकोट गाउँपालिका वडा नं ३ को बालकौरी आधारभुत विद्यालय पहिरो नियन्त्रणका लागि २५ लाख, अजिरकोट गाउँपालिका वडा न. १ को धनसिरा खानेपानी योजना विस्तारका लागि २० लाख, बारपाकसुलिकोट गाउँपालिका वडा नं ८ को लोकिलदेखि तिनखण्डे जाने सडक स्तरउन्नतीका लागि २० लाख, सोहि गाउँपालिका वडा नं ३ को खारचोक भन्ज्याङ, स्थुल खोला चिसापानी सडकका लागि ५० लाख र वडा नं ७ को झाक्रीचोक धारापानी सडक स्तरउन्नतीका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।
एक निर्वाचन क्षेत्र एक कृषि सडक कार्यक्रमको रकम पनि बाँडफाँट
यता एक निर्वाचन क्षेत्र एक कृषि सडक कार्यक्रम अन्तरगत प्रत्येक प्रदेशमा एक करोडका दरले बिनियोजन भएको रकम बिभिन्न योजनामा बाँडफाँट गरिएको छ ।
निर्वाचन क्षेत्र नं १ ख मा धार्चे गाउँपालिका वडा नं २ र ६ मा पर्ने यार्सा काशीगाउँ केरौजा हुदै रुन्चेतसम्मको कृषि सडक स्तरउन्नति तथा नयाँ ट्रयाक निर्माण योजनाका लागि रकम विनियोजन गरिएको सांसद नन्दप्रसाद न्यौपानेका स्वकीय सचिव शिवहरि तिमिल्सिनाले जानकारी दिए ।
निर्वाचन क्षेत्र नम्वर २ ‘क’ मा तेह्रकिलो–सिर्दीखोला–आँपबोट–गोरखा नगरपालिका जोड्ने कृषि सडकमा बजेट विनियोजन गरिएको छ ।
निर्वाचन क्षेत्र नम्वर २ ‘ख’ मा सिरानचोक गाउँपालिका वडा नं १ को धारापानी नेपाने भिरसिंङ चेपेफाँट कृषि सडक स्तरोन्नतीका लागी बजेट विनियोजन गरिएको छ ।
पूर्वाधार विकास कार्यक्रम अन्तरगत प्रदेशसभामा दुई करोडका दरले र कृषि सडक अन्तरगत एक करोडका दरले रकम विनियोजन भएको हो । पूर्वाधार बिकास कार्यक्रम अन्तरगत छनोट भएका योजनाहरु चालु आर्थिक बर्षभित्रै सम्पन्न गरेर भुक्तानी लिनुपर्ने हुन्छ ।




