
अजिरकोटमा सार्वजनिक विदामा पनि वडा र स्वास्थ्य संस्था खुल्ने
अजिरकोट गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । सावर्जनिक विदाका दिनहरुमध्य १३ वटा सार्वजनिक विदाका दिनमा कर्मचारी व्यवस्थापन गरी सेवा दिने विहिबार एक सूचना जारी गरी पालिकाले जनाएको छ ।
ती विदाका दिनमा वडा कार्यालयबाट प्रदान गरिने सिफारिस लगायतका सेवाहरु तथा स्वास्थ्य संस्थाबाट उलपलब्ध हुने सेवा निरन्तर रुपमा प्रवाह हुने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । उक्त सार्वजनिक विदामा काम गर्न खटिने कर्मचारीलाई सट्टा विदाको व्यवस्था हुने जनाएको छ ।
वैशाख २२ गते उँभौली पर्व, चण्डी पूर्णिमा, बुद्ध जयन्तीका दिनमा सरकारले सार्वजनिक विदा दिएको छ । त्यस दिनमा पनि सेवा सुचारु हुने कार्यालयले जनाएको छ ।

त्यस्तै रक्षाबन्धन भनेर सार्वजनिक विदा दिइएको भदौ १४ गते, श्रीकृष्ण जन्माष्टमी भनेर विदा दिइएको भदौ २० गते पनि कार्यालय सञ्चालन गरिने सूचनामा उल्लेख छ । त्यस्तै असोज २८ गतेको घटस्थापना र पुस ९ गतेको इसाई धर्मालम्बीहरुको पर्व व्रिmसमस डेको दिनमा पनि प्रशासन कार्यालयबाट सो सेवा प्रवाह हुनेछ ।
त्यस्तै, पौष १० गते किराँत समुदायको उभौली पर्व, योमरी पुन्ही, पौष १५ गतेको तमु ल्होसारका दिनमा पनि कार्यालय सुचारु रहने बताइएको छ । पृथ्वी जयन्ती भनेर सार्वजनिक विदा दिइएको पौष २७ गते, माघी पर्व तथा माघे संक्रान्ती पर्व भनेर विदा गरिएको माघ १ गते पनि कार्यालय खुल्नेछ ।
जनयुद्ध दिवस भनिएको फागुन १ गते, प्रजातन्त्र दिवस भनेर विदा दिइने फागुन ७ गते, फागुन २५ गतेको महाशिवरात्री तथा अन्तराष्टिूय महिला दिवस, फागुन २८ गतेको ग्याल्पो ल्होसार र इस्लाम धर्मालम्बीहरुको पर्व इद उल फित्र, इस्लाम धर्मालम्वीहरुको बकर इदका दिनमा पनि प्रशासन कार्यालयबाट नियमित रुपमा सेवा प्रवाह हुने पालिकाले जनाएको छ ।
गाउँ कार्यपालिकाको कार्यालयबाट सार्वजनिक विदाका दिनमा सेवा प्रवाह हुने अजिरकोट गाउँपालिकाले जनाएको छ ।
यस अघि जिल्ला प्रशासन कार्यालयले पनि नागरिकता, राहदानी र राष्टिूय परिचयपत्र बनाउनका लागि सार्वजनिक विदाका दिनमा पनि प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने जानकारी गराएको थियो ।




