
बुद्ध मावि सिद्र्धिबासको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बिरबल घले
गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ मा रहेको बुद्ध मावि सिर्दिबासको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विरबल घले चयन भएका छन् ।
विद्यालयमा शुक्रबार भएको अभिभावकस्तरीय भेलाले घलेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको सदस्यहरुमा सुजन गुरूङ, रिदम गुरूङ, सानु गुरूङ, कुमारी गुरूङ, राम कुमार गुरूङ र प्रकाश घिमिरे चयन भएका छन् । एक जना शिक्षक प्रतिनिधि भनेर छनौट गर्न बाँकी रहेको उनले बताए ।
अध्यक्ष घले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बिद्यालयका पुर्व प्रधानाध्यापक एवम् चलचित्रका नायक पनि हुन् ।
त्यस्तै, शिक्षक अभिभावक संघको अध्यक्षमा दिपेन्द्र गुरुङ चयन भएका छन् । गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।




