| आइतवार, अशोज १७, २०८३

धार्चेमा बाल सञ्जाल गठन, अध्यक्षमा खुश्वु गुरुङ

धार्चे गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल गठन भएको छ । गाउँपालिकाको आयोजनामा विहिबारको भेलाबाट खुश्बु गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो ।

सञ्जालको उपाध्यक्षमा सोनाम घले, सचिवमा सुमन गुरुङ, सहसचिवमा सरिता गुरुङ, र कोषाध्यक्षमा अनिता गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा आभाष गुरुङ, रेविका गुरुङ, नरेश गुरुङ, मित्रराज गुरुङ र सुना गुरुङ चयन भएका छन् । उक्त भेलामा गाउँपालिकाभित्र संचालनमा रहेका आठवटा माविका बालबालिकाहरुको सहभागिता रहेको पालिकाकी उपाध्यक्ष सुनिला गुरुङले बताइन् ।

बाल सञ्जालमार्फत धार्चे गाउँपालिकामा बाल स्वास्थ्य, शिक्षा, बाल विकास, बाल अधिकार, बाल श्रम शोषण र बालबालिका बेचविखन लगायतका कार्यक्रमहरु संचालन गरिने उनले बताइन् ।

यसका साथै बालविवाह न्यूनीकरण, बालबालिकाहरुको क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरु पनि संचालन गरिने उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको संरक्षकत्वमा पालिकास्तरीय बाल सञ्जाल गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्